संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर स्वदेश फर्किए प्रधानमन्त्री शाह
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका थिए । महासभाका क्रममा उनले नेपालका प्राथमिकताका विषयहरू उठाउनुका साथै विभिन्न देशका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका प्रधानमन्त्रीलाई स्वागत गरिएको थियो ।











