हिमलुङ हिमालमा हिमपहिरो — ४ जनाको मृत्यु, १२ अझै बेपत्ता

संवाददाता
२०८३ आश्विन १२, सोमबार १९:०२

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १२ जना अझै सम्पर्कविहीन छन् । असोज ११ गते आइतबार बिहान ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो गएको हो ।

हिमाल आरोहणको तयारीका लागि गएका २२ जनाको टोलीमध्ये पहिरोले स्वप गर्दा मानवीय क्षति भएको हो । टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी रहेका थिए । बेपत्ता हुने सबै नेपाली रहेको प्रारम्भिक विवरण छ ।

आइतबार दुई जनाको शव फेला परेकोमा सोमबार थप दुई जनाको शव उद्धार गरिएको छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरसहित टोली परिचालन गरिएको छ । तर उच्च हिमाली क्षेत्रमा खराब मौसम र कठिन भौगोलिक अवस्थाका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारीका अनुसार काठमाडौंबाट हेलिकप्टर मनाङ पुगे पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको थियो । बेपत्ता भएकाहरू अल्पाइन ट्रेक एण्ड ट्राभल्समार्फत हिमलुङ हिमाल आरोहणका लागि गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*