दाउन्नेमा बस दुर्घटना : ब्रेक फेल भएर ४ जनाको ज्यान गयो, ११ घाइते
नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर बस नालामा पल्टिँदा ४ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौंका लागि हिँडेको बस आज बिहान पौने ४ बजे दाउन्नेमा ब्रेक फेल भएर सडकबाट नालामा पल्टिएको थियो ।
दुर्घटनामा एक महिला र तीन पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा १७ जना यात्रु सवार थिए ।
घाइते ११ जनालाई उद्धार गरी कावासोतीस्थित मध्यबिन्दु अस्पतालमा उपचारका लागि पठाइएको छ । बिहान सवा ६ बजेसम्म मृतकको पहिचान भने खुल्न सकेको छैन ।











