कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु : थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुत
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्द सत्र सुरु भएको छ । काठमाडौंको खुलामञ्चस्थित महाधिवेशन उद्घाटन स्थलमै बन्द सत्र आयोजना गरिएको हो ।
बन्द सत्रमा सभापति गगन थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’ शीर्षकमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा मुलुकको समसामयिक राजनीतिक अवस्था, कांग्रेसको आगामी राजनीतिक दिशा तथा समुन्नत नेपाल निर्माणका लागि पार्टीले लिनुपर्ने नीतिगत प्राथमिकताका विषय समेटिएको छ ।
बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल तथा सुझाव राख्ने कार्यक्रम रहेको छ । सहभागीहरूलाई भूगोलका आधारमा हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरी छलफल गराउने कार्यक्रम छ ।
यसैबीच नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु भएको छ । असोज २१ गते उम्मेदवारको नाम फिर्ता र असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ ।











