भाकल पूरा गर्न रवि लामिछाने पत्नी र मन्त्रीसँग भारत प्रस्थान

संवाददाता
२०८३ कार्तिक ७, शुक्रबार १७:५८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने धार्मिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। उनी पत्नी निकिता लामिछाने र मन्त्री प्रतिभा रावलसँगै शुक्रबार बिहान काठमाडौंबाट धनगढी उडेका थिए, त्यसपछि सीमा नाकाबाट भारत प्रवेश गरेका हुन्।

लामिछानेको सचिवालयका अनुसार यो यात्रा पूर्ण रूपमा व्यक्तिगत तथा पारिवारिक हो, र यसको उद्देश्य भाकल पूरा गर्नु हो। भ्रमणका क्रममा टोलीले उत्तराखण्डको नैनीताल जिल्लामा रहेको कैँची धाम र असमको गुवाहाटीमा रहेको कामाख्या मन्दिरमा दर्शन तथा पूजा गर्ने कार्यक्रम तय गरिएको छ।

यसअघि लामिछानेले जुन महिनामा पनि भारत भ्रमण गरेका थिए, जुन भ्रमण मुख्यतः राजनीतिक छलफलमा केन्द्रित थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*