बझाङको चैनपुरमा सिलदेवी मेला सुरु, ढाँकी नाच र मागलले थपियो रौनक
बझाङ । बझाङको सदरमुकाम चैनपुरमा प्रसिद्ध सिलदेवी मेला सोमबारदेखि सुरु भएको छ। औपचारिक कार्यक्रमसहित सुरु भएको मेलामा स्थानीय कला र संस्कृति झल्कने परम्परागत प्रस्तुतिहरू देखाइएका छन्। मेलामा ढाँकी नाच, लोकनृत्य र मागल प्रस्तुत गरिएको छ। प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले मेलाको उद्घाटन गरेका हुन्।











