खेलकुद
हेटौँडा इन्डोर लिग–२०२६ शुक्रबारदेखि सुरु : १२ टोली उपाधिका लागि भिड्ने
हेटौँडा । दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा शुक्रबारदेखि हेटौँडा इन्डोर लिग–२०२६ सुरु हुने भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न जिल्लाका १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । हेटौँडास्थित माया स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायतका स्थानबाट टोली सहभागी हुनेछन् ।...
ओमान League-2 को लागि नेपाली टिमको बिदाई : सन्दीपको कप्तानीमा १५ सदस्यीय टिम
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को सिरिज खेल्न जाने नेपाली टिमको बिदाई गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले राष्ट्रिय टिमलाई बिदाई गरेका हुन् । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ ।...
१ खेल पनि नहारी बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा
नागोया । एसियाली खेलकुद २०२६ को पुरुष क्रिकेट क्वार्टरफाइनलमा नेपाल १ खेल पनि नहारी बाहिरिएको छ । निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा श्रीलंकासँग मङ्गलबार हुने खेल लगातारको वर्षाका कारण टस हुनुभन्दा अघि नै रद्द गरियो । नकआउटमा रिजर्भ दिने व्यवस्था नभएकाले वर्षाले रद्द भएको खेलमा उच्च ICC T20I र्याङ्किङको टोली...
जापानसँगको खेल वर्षाका कारण नतिजाविहीन, नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा
नागोया — एसियाली खेलकुद २०२६ अन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ मा शनिबार भएको नेपाल र जापानबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ। वर्षाले प्रभावित खेल १५ ओभरमा झारिएको थियो। टस हारेर ब्याटिङ गरेको नेपालले १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनायो। सन्दीप जोराले अविजित ५७ र लोकेश बमले...
एसियाली खेलकुद क्रिकेटमा नेपालको शानदार जित : अफगानिस्तान ५ विकेटले पराजित
जापान — जापानमा जारी २०औँ एसियाली खेलकुद अन्तर्गत पुरुष टि२० क्रिकेट प्रतियोगितामा नेपालले शानदार जित हात पारेको छ। शुक्रबार निस्सिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको समूह ‘ए’ को खेलमा नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै...
थाहाको राष्ट्रपति रनिङ शिल्ड जनकल्याण माविलाई
थाहा नगरपालिका–२०८२ अन्तर्गत आयोजित आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले हात पारेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले यस पटक पनि प्रतियोगितामा बर्चस्व कायम गरेको हो। योसँगै जनकल्याणले आठौं पटक राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो । प्रतियोगितामा जनकल्याण माविले १७ स्वर्ण, ११ रजत...
कावासोती गोल्डकप फुटबल, हेटौंडा फुटबल एकेडेमीको सुखद् सुरुवात
नवलपूर जिल्लामा जारी पहिलो संस्करणको कावासोती गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले प्रभावशाली प्रदर्शन गर्दै सुखद् सुरुवात गरेको छ । मंगलबार नवलपूरको कावासोती नगरपालिकाको सनलाइट एसडीसी आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक कावासेती बी लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।...
लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
अन्तरिम सरकाका युवा तथा खेलकुदमन्त्री व्यवहारमा लागू नगरेसम्म लैङ्गिक हिंसा हट्न नसक्ने बताउनुभएको छ । खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताउनु भयो । लैङ्गिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार...
नेपाली महिला फुटबल टोलीकी कप्तान साम्बा हेटौंडामा सम्मानित
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। देशबाहिर समेत नेपाली महिला फुटबललाई चिनाउने र प्रेरणाका स्रोत बनेकी साम्बालाई सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा सम्मान गरिएको हो। कार्यक्रममा साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।...
हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु, मन्त्री केसीद्वारा उद्घाटन्
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृती इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले उद्घाटन् गरिन । बालजागृति बोडिङमा सुरु भएको प्रतियोगिता भोली सम्म सञ्चालन हुने छ । कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्ता...










