NPL मा आज दुई खेल: विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

संवाददाता
२०८३ कार्तिक १८, मंगलवार ०९:३२

Nepal Premier League (NPL) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो साढे १२ बजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा दिउँसो साढे ४ बजे साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

तीन खेल खेलेको विराटनगरले एक जित र दुई हार बेहोरेको छ भने जनकपुरले दुई जित र एक हार निकालेको छ। कर्णालीसँग हारेपछि जनकपुरले काठमाडौं र पोखरालाई हराउँदै लगातार दुई जित निकालेको छ र आज तेस्रो जितको खोजीमा हुनेछ। विराटनगर भने सुदूरपश्चिमलाई हराएको आत्मविश्वाससहित दोस्रो जित खोज्दैछ।

लुम्बिनीले दुई खेलमा एक जित निकालेको छ भने चितवनसँगको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो। पोखराले भने सुरुवाती दुवै खेल हारेको छ र आज पहिलो जितको खोजीमा मैदान उत्रनेछ।

आठ टोली सहभागी NPL को तेस्रो संस्करण मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। सोमबारका खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स विजयी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*