जनकपुरविरुद्ध विराटनगरको मध्यम सुरुआत

संवाददाता
२०८२ मंसिर ९, सोमबार १३:१७

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबार जनकपुर बोल्ट्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगर किंग्सले पहिलो पावर प्लेमा मध्यम सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले ६ ओभरको पावर प्ले सकिँदा एक विकेटको क्षतिमा ४० रन जोड्यो।

विराटनगरका लागि लोकेश बम १९ रन र मार्टिन गप्टिल १० रनमा क्रिजमा रहेका छन्। टोलीले ओपनर जर्ज मुन्सेलाई व्यक्तिगत १० रनमा गुमाएको थियो। उनको विकेट जनकपुरका बलर सन्जित कुरेले लिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*