फुर्केखोलामा तैरिने पुल आउँदै, तिहारअघि यातायात खुलाउने लक्ष्य

संवाददाता
२०८३ कार्तिक १४, शुक्रबार १३:१८

धादिङ । भदौ १० गतेको भोटेकोसी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि विच्छेद भएको धादिङबेँसी–पृथ्वी राजमार्ग सडक सम्पर्क पुनःस्थापना गर्न अस्थायी पन्टुन (तैरिने) पुल जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।

पुल बगेको दुई महिनाभन्दा बढी भइसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन। जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको संयुक्त पहलमा बर्दियाको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयमा रहेको पन्टुन ब्रिज मलेखुस्थित फुर्केखोलामा ल्याएर जडान गरिनेछ। प्राविधिक टोलीसहित स्थलगत निरीक्षणको काम पनि अघि बढाइएको छ।

पुल बगेपछि धादिङका आठ स्थानीय तह राष्ट्रिय राजमार्गसँगको सम्पर्कबाट टुटेका थिए। त्यसयता स्थानीयले लामो र जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छ; एम्बुलेन्ससमेत त्यही बाटो हिँड्न बाध्य छन्।

सबै प्रक्रिया अनुकूल भए केही दिनभित्रै जडान सकाएर तिहारअघि नै यातायात सञ्चालनमा ल्याउने लक्ष्य छ। स्थायी पुल नबन्दासम्म यही अस्थायी पुलबाट आवागमन चल्नेछ। सङ्घीय सरकारले भने फुर्केखोलामा स्थायी सिग्नेचर ब्रिज निर्माणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*