मुम्बईमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन : दिल्लीमा ११ मेट्रो स्टेशन बन्द

संवाददाता
२०८३ आश्विन १६, शुक्रबार ११:०२

नयाँ दिल्ली । भारतमा कक्रोच जनता पार्टी (CJP) ले मुम्बईमा विरोध प्रदर्शन गरेको छ । पार्टीका संस्थापक अभिजीत दीप्केले अक्टोबर २ (गान्धी जयन्ती) मा शिवाजी पार्कबाट “जेल भरो आन्दोलन” घोषणा गरेका हुन् ।

मुम्बई प्रहरीले शिवाजी पार्कमा प्रदर्शनको अनुमति नदिएपछि पार्टीले स्वेच्छाले गिरफ्तारी दिने जेल भरो आन्दोलन गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै पार्टीले मतदाता सूची संशोधन (SIR) मा भएको अनियमितताको विरोध जनाएको छ ।

जंतर मंतरमा हुने प्रदर्शनलाई लिएर दिल्ली मेट्रोले ११ वटा स्टेशनमा प्रवेश तथा निकास बन्द गरेको छ । दिल्ली प्रहरीले प्रदर्शनको अनुमति अस्वीकार गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*