कांग्रेस १५औँ महाधिवेशन आज : खुलामञ्चमा उद्घाटन, तयारी अन्तिम चरणमा

संवाददाता
२०८३ आश्विन १७, शनिबार १२:१८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुनेछ ।

यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन कार्यक्रम निरन्तर वर्षाका कारण उत्पन्न असहज परिस्थितिले असोज १८ मा सारिएको हो ।

महाधिवेशनको आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको कांग्रेसले जनाएको छ । देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको छ ।

महाधिवेशन तयारीका लागि कांग्रेसले १५ वटा समिति गठन गरेको छ । कार्यक्रमस्थलमै मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*