कांग्रेस महाधिवेशन : विधान संशोधनसँगै पदाधिकारी १७ बाट २१ पुग्ने

संवाददाता
२०८३ आश्विन १९, सोमबार ०८:४८

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने सहमति बनेको छ ।

हाल कांग्रेसको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री तथा एक कोषाध्यक्ष गरी कुल १७ जना छन् । अब पदाधिकारी संख्या १७ बाट २१ पुग्नेछ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठसहित चार उपसभापति हुनेछन्, जसमध्ये एक महिला अनिवार्य हुनेछ । त्यस्तै सहमहामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने २ जना सभापतिले केन्द्रीय सदस्यबाट मनोनीत गर्नेछन् ।

नयाँ नेतृत्वको निर्वाचन असोज २१ र २२ गते हुनेछ । मतदान विद्युतीय मेसिनबाट नगरी ब्यालेट पेपरबाट नै गराइने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*