कांग्रेस महाधिवेशन : गगन थापाले देउवाका लागि कुर्सी खाली राखे
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा शेरबहादुर देउवाका लागि कुर्सी खाली राखिएको बताएका छन् ।
महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले देउवा उद्घाटनमा आउने अपेक्षासहित कुर्सी खाली राखिएको बताएका हुन् । उनले भने– ‘हामीले शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ । उद्घाटन गर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ ।’
उनले देउवाको ढोकामा पटक-पटक सलामी दिएर सम्मान नहुने भन्दै उनले काम गरेको पार्टीलाई कति अग्लो र फराकिलो बनाउन योगदान गरे भन्ने आधारमा हुने बताए ।
‘उहाँले काम गर्नुभएको पार्टीलाई अग्लो र फराकिलो बनायो कि बनाएन, मान त्यहाँबाट राख्ने हो । हामी त्यो मान राख्छौँ,’ थापाले भने ।











