खराब मौसमले हिमलुङको खोजी स्थगित : ४ को ज्यान गयो, १२ बेपत्ता

संवाददाता
२०८३ आश्विन १४, बुधबार १४:५१

काठमाडौं । मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता १२ जनाको खोजी कार्य खराब मौसमका कारण स्थगित भएको छ ।

गत आइतबार ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको बेस क्याम्प हिमपहिरोले पुरिँदा १६ नेपाली श्रमिक पुरिएका थिए । अहिलेसम्म ४ जनाको शव फेला परेको छ, १२ जना अझै बेपत्ता छन् ।

नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसनका स्वयंसेवी उद्धारकर्मीले बेस क्याम्प क्षेत्रमा १४ फिट बाक्लो हिउँ खनेर खोजी गरिरहेका थिए । तर गहिरो हिउँ, चिसो तापक्रम र अस्थिर अवस्थाका कारण खोजी असम्भव भएपछि उद्धार कार्य अस्थायी रुपमा रोकिएको हो ।

उद्धार टोलीका नेता मिङ्मा ग्याल्जे शेर्पाका अनुसार हिमपहिरोको विशालता हेर्दा बेपत्ताहरू जीवित भेटिने सम्भावना न्यून छ । हिउँ केही पग्लिएपछि खोजी पुनः सुरु गरिने उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*