समाचार
कांग्रेस महाधिवेशन : विधान संशोधनसँगै पदाधिकारी १७ बाट २१ पुग्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने सहमति बनेको छ । हाल कांग्रेसको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री तथा एक कोषाध्यक्ष गरी कुल १७ जना छन् । अब पदाधिकारी संख्या १७ बाट २१ पुग्नेछ । नयाँ व्यवस्थाअनुसार...
कांग्रेस १५औँ महाधिवेशन आज उद्घाटन : खुलामञ्चमा दिउँसो २ बजे समारोह
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन समारोह दिउँसो २ बजे टुँडिखेलस्थित खुलामञ्चमा हुनेछ । यसअघि असोज १६ गतेदेखि गर्ने भनिएको महाधिवेशन भारी वर्षाका कारण केही क्षेत्रको अधिवेशन तथा प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएपछि दुई दिनपछि सारिएको थियो । उद्घाटन सभापति...
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान : विश्व बैंकसँग पुनर्निर्माण र ग्रे लिस्ट बहिर्गमन छलफल
काठमाडौं । अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान गरेका छन् । अक्टोबर ५–६ (असोज १९–२०) मा हुने यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग अभिवृद्धि, पुनर्निर्माण, एफटीएफ ग्रे लिस्टबाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुनेछ । भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय र यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका...
कांग्रेस १५औँ महाधिवेशन आज : खुलामञ्चमा उद्घाटन, तयारी अन्तिम चरणमा
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन समारोह दिउँसो २ बजे खुलामञ्चमा हुनेछ । यसअघि असोज १६ गतेका लागि तय गरिएको उद्घाटन कार्यक्रम निरन्तर वर्षाका कारण उत्पन्न असहज परिस्थितिले असोज १८ मा सारिएको हो । महाधिवेशनको आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी...
दाउन्नेमा बस दुर्घटना : ब्रेक फेल भएर ४ जनाको ज्यान गयो, ११ घाइते
नवलपरासी । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर बस नालामा पल्टिँदा ४ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार कोहलपुरबाट काठमाडौंका लागि हिँडेको बस आज बिहान पौने ४ बजे दाउन्नेमा ब्रेक फेल भएर सडकबाट नालामा पल्टिएको थियो । दुर्घटनामा एक महिला र...
मुम्बईमा कक्रोच जनता पार्टीको विरोध प्रदर्शन : दिल्लीमा ११ मेट्रो स्टेशन बन्द
नयाँ दिल्ली । भारतमा कक्रोच जनता पार्टी (CJP) ले मुम्बईमा विरोध प्रदर्शन गरेको छ । पार्टीका संस्थापक अभिजीत दीप्केले अक्टोबर २ (गान्धी जयन्ती) मा शिवाजी पार्कबाट “जेल भरो आन्दोलन” घोषणा गरेका हुन् । मुम्बई प्रहरीले शिवाजी पार्कमा प्रदर्शनको अनुमति नदिएपछि पार्टीले स्वेच्छाले गिरफ्तारी दिने जेल भरो आन्दोलन गर्ने निर्णय...
पृथ्वी राजमार्ग पूर्ण सञ्चालनमा : काठमाडौं जोड्ने सडक खुले
काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग बुधबार दिउँसो १ बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्यपछि हाल एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ, र थप पहिरो नआएमा सबै प्रकारका सवारीसाधन सञ्चालन हुनेछन् । काठमाडौं...
पहिरो र वर्षामा ३० जनाको ज्यान गयो : १९ सय परिवार प्रभावित
काठमाडौं । भारी वर्षा र पहिरोको नयाँ लहरमा नेपालमा करिब ३० जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत हप्ताको अन्त्यदेखि १९ सयभन्दा बढी परिवार प्रभावित भएका छन् भने २४० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । पहिरोले सडक, भवन र पुल बगाएको...
खराब मौसमले हिमलुङको खोजी स्थगित : ४ को ज्यान गयो, १२ बेपत्ता
काठमाडौं । मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता १२ जनाको खोजी कार्य खराब मौसमका कारण स्थगित भएको छ । गत आइतबार ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालको बेस क्याम्प हिमपहिरोले पुरिँदा १६ नेपाली श्रमिक पुरिएका थिए । अहिलेसम्म ४ जनाको शव फेला परेको छ, १२ जना अझै बेपत्ता...
पहिरोले अवरुद्ध राजमार्ग, सवारी ठप्प
चितवन । अविरल वर्षाका कारण खसेका पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका ११ स्थानमा ठूलो–साना पहिरो खसेका छन् । कृष्णभीर र चौकीभीरमा ठूलो पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ भने बेनिघाटको गोमती खोलामा पहिरोले सडक एकतर्फी मात्र सञ्चालनमा छ । नारायणगढ–मुग्लिन...










