विचार-विमर्श

‘प्राविधिक समस्याका कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैन’

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताउनुभएको हो । उहाँले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको बताउनु भयो...

रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछः मन्त्री पाण्डे

सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ । सोमवार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो । परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु...

सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । मंगलवार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण...

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार कसमसाइरहेको बताएका छन्। मन्त्री यादवले मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमन कार्यक्रममा भाग लिँदै उपत्यकाको खानेपानी संकट समाधान गर्नका लागि सरकार गम्भीरतापूर्वक योजनाहरू अघि बढाइरहेको बताएका हुन्। उहाँले भने, “हामीले दीर्घकालीन योजना बनाएर उपत्यकाको पानीको समस्या समाधान...

एमाले देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्नुभयो...

नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताउनु भयो । उहाँले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न...

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे

संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष...

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक...

गाजा—इजरायल युद्धको १४ महिनापछि बाबुरामः २१ औं शताब्दीमा यति क्रुर नरसंहार हुनु लज्जाको विषय

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको...

इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै बिरोध जनाउनुभएको छ । सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताउनु भयो...