स्थानीय

मतदाता भेटघाटमा व्यस्त मकवानपुरका दुइ क्षेत्रका उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लास्थित राजनीतिक दल र उम्मेदवारहरू घरदैलो तथा मतदाता भेटघाट अभियानमा व्यस्त बनेका छन् । निर्वाचन नजिकिँएसँगै जिल्लामा सक्रिय नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, पार्टीलगायत राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् ।...

मुक्तिनाथमा ‘स्की’ प्रशिक्षण शुरु

वारागुङ मुक्तिक्षेत्रको सेताम्मे हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्रमा हिउँमा खेलिने स्की प्रतियोगिताको रौनक शुरु भएको छ । नेपाल स्की सङ्घको आयोजनामा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता सञ्चालन हुने भएको हो । स्की खेलको विकास, प्रवद्र्धन तथा हिमाली पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल स्की सङ्घले सन् २०१६ देखि राष्ट्रिय स्तरको स्की प्रतियोगिता...

स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिए महानगरले व्यहोर्ने मेयर महर्जनको घोषणा

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैँले सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा...

गजामा इजरायली हवाई आक्रमणमा ३२ प्यालेस्टिनीको मृत्यु

प्यालेस्टिनी स्रोतहरूकाअनुसार शुक्रवार राति र शनिवार गजा पट्टीका विभिन्न स्थानमा भएका इजरायली हवाई आक्रमणहरूमा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । गजाको नागरिक सुरक्षाका प्रवक्ता महमुद बसलकाअनुसार उत्तरी गजा शहरको शेख रदवान प्रहरी केन्द्रमा भएको सबैभन्दा घातक आक्रमणमा १४ जनाको मृत्यु भएको छ । उक्त स्थानमा धेरै प्रहरी...

मकवानपुरगढीको बालज्योती विद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण

मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६ मा रहेको बालज्योती आधारभूत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा र झोला वितरण गरिएको छ । पोखरा प्लाष्टिक व्यावसायीक समितिको आयोजना तथा सानिमा सिआइसि इन्सुरेन्ट लिमिटेडको सामाजिक उत्तरदायिव्त कार्यक्रम अन्तरगत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा, झोला लगायतका सामाग्रिहरु वितरण गरिएको हो । बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्वीटर, ट्राउजर, टोपी,...

वन विज्ञान अध्ययन संस्थान हेटौंडामा हल्ट प्राईजका लागि २१ टिमको आवेदन परेको छ।

हल्ट प्राइज पुरस्कारकाको लागी २१ टिमको आवेदन वन विज्ञान अध्यन संस्थान हेटौडा(फरेस्टि) क्याम्पसमा खुल्ला गरिएको हल्ट प्राइज पुरस्कारकाको लागी २१ टिमको आवेदन परेको छ। ग्लोवन रजिष्ट्रेशन मार्फत टिम दर्ता गरिएकोमा टिम वनिका,वज गार्ड,वन्सिप,इको बाइट,मातृ वन,ग्रिन ग्रोथ नेपाल,जेरो वेस्ट वर्क, सस्टेनेवल पेपर प्रोडक्सन, सि क्वेस्टिन, एफ ओ एफ को आवेदन...

मकवानपुरमा रुपचन्द्र बिष्ट मार्गमा ३ करोडको काम सुरु, राजमार्गस्तरमा काम गर्न डिपिआर निर्माण हुँदै

मकवानपुरमा थाहा आन्दोलनका प्रणेता तथा जनअधिकारका प्रवर्तक रुपचन्द्र बिष्टको नाममा नामाकरण गरिएको रुपचन्द्र बिष्ट मार्ग निर्माणको काम सुरु भएको छ। चालु आर्थिक वर्षमा विनियोजित ३ करोड रुपैयाँको बजेटबाट राक्सिराङ गाउँपालिका–३ खण्डमा सडक निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको मकवानपुर क्षेत्र नम्बर २ का निवर्तमान सांसद महेश कुमार बतौलाले बताए...

स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते

दक्षिण–पश्चिमी स्विट्जरल्याण्डको एक बारमा भीषण आगलागी हुँदा ४० जनाको मृत्यु भएको भएको छ । क्रान्स–मोन्टाना रिसोर्टमा घटेको यस घटनामा ११९ जना घाइते भएका छन् र उद्धारका लागि ठूलो संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । घाइतेमध्ये ११३ जनाको पहिचान खुलेको छ । वालेस क्यान्टनको क्रान्स–मोन्टाना स्की रिसोर्टमा रहेको ले कन्स्टेलेसन...

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्रको गोली प्रहारबाट एक जनाको मृत्यु

सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली लागी मृत्यु हुनेमा कोशी गाउँपालिका १ का स्थानीय ४५ वर्षिय विजय साह रहेका छन् । स्थानीयकाअनुसार रातको करिव साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरीपरी सशस्त्र...

स्थानीय तहमा विपद् जोखिम न्युनिकरणः नीति र कार्यान्वयनको प्रभाव

जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ । बाढी, पहिरो र अन्य प्रकोपबाट हुने जोखिम न्युनिकरण गर्न उनीहरूले नीति,कार्यविधि र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन थालेका छन् । यसले क्षति न्युनिकरण र राहत वितरणलाई पनि छिटो र पारदर्शी बनाएको छ ।...