समाचार

समितिबाट बिदा हुँदै सदस्यहरूले भने : जनताको आवाज उठाउने काम गर्यौं

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सोमबार बसेको बैठकमा समितिबाट पदावधि समाप्त भएका सदस्यहरूले आफ्नो कार्यकालको अनुभव आदान–प्रदान गरेका छन् । बैठकमा बोल्दै समितिका सदस्य गोपी बहादुर सार्की आछामीले आफूहरूले कार्यकालमा गरेका कामप्रति सन्तुष्टि व्यक्त गरे । उनले समितिले विभिन्न विधेयकहरू पारित गराएको र केही विधेयकहरू कानुनी...

पशुपति मन्दिर परिसरमा सरसफाइ कर्मचारी भन्दै धम्की र असुली

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि श्राद्ध गर्ने भक्तजनहरूको चहलपहल देखिन्छ । यही भीडभाडको मौका छोपी दुई जना महिला कुचो बोकेर सफाइकर्मीको भेषमा त्यहाँ देखा पर्छन् । उनीहरूले पितृकार्य गर्न आएका मानिसहरूसँग जबर्जस्ती पैसा माग्ने गर्छन् । पैसा नदिए गालीगलौज गर्ने र दुःख दिने गरेको गुनासो छ । श्राद्ध...

मकवानपुरमा निर्वाचनको तयारी पूरा, तारजाली र सीसीटिभीजडित मतगणना स्थल तयार

भोली अर्थात फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको मकवानपुर जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मकवानपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । ‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक समेत भइसकेको छ हेटौंडाको भुटनदेवि...

निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान

आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् । सधैँ सवारी साधनको चाप र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौंका मुख्य सडकहरुमा अहिले फाट्टफुट्ट मात्र सवारी साधन गुडेको देख्न सकिन्छ । दशैँ–तिहार जस्ता ठूला चाडपर्वमा जस्तै अहिले पनि उपत्यका छोड्नेको संख्या...

हेटौंडाको राजस्व कार्यालयद्वारा ६ महिनामा तीन अर्ब २७ करोड रकम संकलन

हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०८२/०८३ को ६ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख...

थाहाको राष्ट्रपति रनिङ शिल्ड जनकल्याण माविलाई

थाहा नगरपालिका–२०८२ अन्तर्गत आयोजित आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले हात पारेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले यस पटक पनि प्रतियोगितामा बर्चस्व कायम गरेको हो। योसँगै जनकल्याणले आठौं पटक राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो । प्रतियोगितामा जनकल्याण माविले १७ स्वर्ण, ११ रजत...

निर्वाचनका लागि मकवानपुरमा ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मकवानपुर जिल्लामा करिब ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी (जनपथ) तथा करिब २ हजार २ सय जना निर्वाचन प्रहरी (म्यादी) खटाइने...

गगन भन्छन्ः ठगबन्धन होइन, सिद्धान्त–बरु सरकार चाहिँदैन, मूल्य चाहिन्छ

नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ (डिभिडेन्ड) लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताउनुभएको छ । उहाँले यो निर्वाचन पार्टीले खोजेको नभई घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको...

४२ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले (आज) आईतवार ५० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप...

‘हाम्रो पार्टी कसैको जुठो खाएर बनेको होइन, राप्रपालाई जिस्काउने प्रयास कसैले नगर्नु’: राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताउनुभएको छ । कामठाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बन्नुभएको नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राप्रपा नेपाली माटोमा...