विचार-विमर्श
धमाधम रुग्ण ठेक्का तोडिँदैः सिंचाईका १२ रुग्ण र सडकका थप ४० रुग्ण ठेक्का तोड्ने तयारी
सरकारले धमाधम रुग्ण ठेक्का तोड्न थालेको छ । ठेक्का सम्झौता गर्ने तर समयमै काम सम्पन्न नभएका आयोजनाहरुको सरकारले ठेक्का तोड्न थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतका निकायबाट ठेक्का तोड्न थालिएको छ । हालै मात्र सिंचाई मन्त्रालयले ठेक्का सम्झौता गरी काम नगरेर...
जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि विजय लामा भन्छन्, ‘अराजक गतिविधिमा संलग्न छैन’
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगजनीमा सहभागी भएको भन्दै विभिन्न सेलिब्रेटीहरूको फोटो, भिडियो भाइरल भइरहेको छ । त्यसै मध्येका एक हुन्- पाइलट तथा अभिनेता विजय लामा । सामाजिक सञ्जालमा आरोप लगाएको जस्तो आफूले केही पनि नगरेको दावी लामाले गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै...
बागमतीमा बहादुरले नियुक्ती गरेका तिन मन्त्रीको सपथ स्थगित
हेटौँडा । नेकपा एमालेले सुझाव दिएपछि बागमतीका बहादुर सिंह लामाले नियुक्त गरेका तिन मन्त्रीकोे सपथ स्थगित भएको छ । सत्ता साझेदार नेकपा एमालेले प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामालाई दलको नेताको टुंगो नलागेसम्म मन्त्री नियुक्त नगर्न आग्रह गरेपछि मन्त्री नियुक्तिको प्रक्रिया अघि नबढेको हो। आज बिहान १० बजेका लागि...
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि आफ्नो जीवनको आहूति गर्ने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्न नहुने बताउनुभएको छ । आईतवार बालुवाटारमा विपी कोईराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका लागि योगदान गर्ने नेताहरुमाथि फराकिलो दृष्टिकोण राख्नुपर्ने बताउनु भयो । जवाफ दिन आउन...
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का (भिडीयो सहित)
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले राम्रोसँग संस्था सञ्चालन गर्न नसक्ने विद्युत उपभोक्ताहरूलाई आफ्नो संस्था नेपाल विद्युत महासंघलाई जिम्मा लगाउन आग्रह गर्नुभएको छ । आईतवार सामूदायिक विद्युत उपभोक्ता महासंघको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले सो आग्रह गर्नुभएको हो । उहाँले नेपाल सरकारले सोही विषयमा...








