खेलकुद
थाहाको राष्ट्रपति रनिङ शिल्ड जनकल्याण माविलाई
थाहा नगरपालिका–२०८२ अन्तर्गत आयोजित आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले हात पारेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले यस पटक पनि प्रतियोगितामा बर्चस्व कायम गरेको हो। योसँगै जनकल्याणले आठौं पटक राष्ट्रपति रनिङ शिल्ड हात पार्न सफल भएको हो । प्रतियोगितामा जनकल्याण माविले १७ स्वर्ण, ११ रजत...
कावासोती गोल्डकप फुटबल, हेटौंडा फुटबल एकेडेमीको सुखद् सुरुवात
नवलपूर जिल्लामा जारी पहिलो संस्करणको कावासोती गोल्डकप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौंडा फुटबल एकेडेमीले प्रभावशाली प्रदर्शन गर्दै सुखद् सुरुवात गरेको छ । मंगलबार नवलपूरको कावासोती नगरपालिकाको सनलाइट एसडीसी आयोजनामा भएको प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले आयोजक कावासेती बी लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।...
लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
अन्तरिम सरकाका युवा तथा खेलकुदमन्त्री व्यवहारमा लागू नगरेसम्म लैङ्गिक हिंसा हट्न नसक्ने बताउनुभएको छ । खेलकुदमा लैङ्गिक हिंसा विरुद्धको सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुदमन्त्री गुप्ताले यस्तो बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा सबैले आफ्नो व्यवहारबाटै हटाउन जरुरी रहेको बताउनु भयो । लैङ्गिक हिंसा हुन नदिन आम नागरिकले आफ्नो व्यवहार...
नेपाली महिला फुटबल टोलीकी कप्तान साम्बा हेटौंडामा सम्मानित
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। देशबाहिर समेत नेपाली महिला फुटबललाई चिनाउने र प्रेरणाका स्रोत बनेकी साम्बालाई सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा सम्मान गरिएको हो। कार्यक्रममा साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।...
हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु, मन्त्री केसीद्वारा उद्घाटन्
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको बालजागृती इङ्लिस सेकेण्डरी स्कुलको आयोजनामा हेटौंडामा ११ औं राष्ट्रिय स्क्राबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला केसीले उद्घाटन् गरिन । बालजागृति बोडिङमा सुरु भएको प्रतियोगिता भोली सम्म सञ्चालन हुने छ । कार्यक्रममा बोल्दै मन्त्री केसीले यस्ता...
खराब ब्याटिङ र फिल्डिङका कारण हा¥यौंः गुलसन
काठमान्डु गोर्खाजसँगको हारपछि कर्णाली याक्सका युवा अलराउन्डर ब्याटिङमा राम्रो गर्नु नसक्नु र खराब फिल्डिङका कारण खेल गुमाउनुपरेको बताएका छन् । गुलसनले राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसरहरू सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताएका हुन् । उनले खराब ब्याटिङ हुँदा करिब २० रन जति कम भएको पनि उल्लेख गरेका...








