अर्थ / वाणिज्य
हेटौंडाको राजस्व कार्यालयद्वारा ६ महिनामा तीन अर्ब २७ करोड रकम संकलन
हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष ०८२/०८३ को ६ महिनामा तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व संकलन गरेको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख...
मनहरीबाट ५३ किलो गाँजासहित ७ जना पक्राउ
जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गएराति चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७७०१ नम्बरको यात्रुबाहक बसलाई शंका लागी रोकी खानतलासी गर्दा लुकाई–छिपाई ल्याइएको अवस्थामा ५३ किलो ५७० ग्राम...
एकै दिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
शुक्रवार एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रवार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ । बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।...
९० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
तिहार पछि पनि अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आईतवार ९० अर्ब निक्षेप तान्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप...
पहिलो त्रैमासमाः ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात, ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो । २०८१÷८२ को पहिलो त्रैमासमा ३ खर्ब...
बाजुरामा सुपथ मुल्य पसल : कति विक्यो चामल ?
बाजुरा : बाजुरामा शुपथ मूल्य पसलबाट हालसम्म १०५३.२५ क्विण्टल चामल विक्री भएको छ । नेपालीहरुको महान पर्व दशैं र तिहारको अवसरमा सञ्चालित सुपथ मुल्य पसलबाट हालसम्म १०५३.२५ क्विण्टल चामल विक्री भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय बाजुरामा भदौ ३० गतेबाट संचालन भएको सुपथ मुल्य पसलबाट...
अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) बिहीवार ९० अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र...
सरकारले सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने
युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा सातै प्रदेशमा युवाहरुका लागि सीप मेला र विकास तालिम सञ्चालन गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा आफूले एक वर्षमा गरेका कामहरु र आागमी रणनीतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले यस्तो बताउनुभएको हो । उहाँकाअनुसार सरकारले भक्तपुर जिल्लामा...
स्वस्थ रहन एक छाक कोदोको परिकार खाऔँः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गर्नुभएको छ । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताउनु भयो । हरेक नेपालीहरुलाई दिनमा एक...
मधेसको समस्यामा सहयोग गर्न संघसंस्थालाई समाज कल्याण परिषद्को आह्वान
हेटौँडा । चालु परियोजनाको २० प्रतिशत नबढ्ने गरी परियोजना संसोधन गर्न निर्देशनसमाज कल्याण परिषद्ले विपद् संकटग्रस्त मधेस प्रदेशका समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई आह्वान गरेको छ ।परिषद्का अध्यक्ष समेत रहनुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलवार मन्त्रालयमा संस्थाका प्रतिनिधिहरुलाई बोलाई नियमित गतिविधिसँगै...










