समाचार

सरकार शिक्षकहरूका मागहरूलाई सम्बोधन गर्न अग्रसर बनोस्ः सांसद बडू

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले शिक्षक आन्दोलनमा प्रहरी र शिक्षक दुवैतर्फबाट बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद बडूले २७ दिनदेखि चलिरहेको शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आईतवार अकस्मात बल प्रयोग हुनु दुःखद् र लज्जास्पद रहेको बताउँदै...

शिक्षा ऐन तत्काल पारित गर्न नेता खनालको आग्रह

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले शिक्षक आन्दोलनमाथि दमन गर्नु सरकारको शिक्षाविरोधी चरित्र भएको अरोप लगाउनुभएको छ । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सोमवार ऐक्यवद्धता जनाउन आन्दोलनस्थल पुग्नुभएका पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरुले शिक्षकहरुको आन्दोलनमा आफ्नो पार्टीको ऐक्यवद्धता जनाउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले शिक्षक आन्दोलन...

उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई कारबाही गर्न कुनै कसर बाँकी राख्दैनौँः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उड्डयनको क्षेत्रमा भइरहेको भ्रष्टाचार नियन्त्रण र दोषिलाई आवश्यक कारबाही गर्न कुनैपनि कसर बाँकी नराख्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’माथिको सैद्धानितक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले विमानस्थल निर्माण र...

चाँडो चार्ज हुने जस्तो इन्धन भर्ना गर्ने प्रक्रिया५ मिनेटमा ४०० किमीको यात्रा

बीवाईडी ले आफ्नो नयाँ सुपर ई-प्लेटफर्मप्रस्तुत गरेको छ, जसले १,००० भोल्ट उच्च भोल्टेज आर्किटेक्चरका साथ संसारको पहिलो म्यास-प्रोड्यूस्ड फुल-डोमेन १,०००V आर्किटेक्चरको अविष्कार गरेको छ। मेगावाट फ्ल्यास चार्जिङ प्रति सेकेन्ड २ किमीको दायरा दिन्छ १,००० कडब्लू (१ मेगावाट) पावरले ५ मिनेटमा ४०० किमीको यात्रा पूरा गर्न सक्षम बनाउँछ बीवाईडी समूहका...

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु

 मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालले आजदेखि मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ। यो सेवा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेका हुन्। हेटौँडा अस्पतालमा लामो समयदेखि मुटु रोगका विशेषज्ञ डाक्टरको अभाव र अन्य प्राविधिक समस्याका कारण यो सेवा शुरु गर्न कठिनाइ भएको थियो।...

*पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा शक्ति प्रदर्शनका लागि तयारीमा, राजावादी दलहरूको गतिविधि तीव्र*

काठमाडौँ । पोखराबाट काठमाडौँको यात्रा तय गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौँमा आफ्नो शक्ति प्रदर्शन गर्ने तयारीमा छन्। पोखरामा गरिएको भ्रमणलाई छोडेर पूर्वराजा शाह काठमाडौँमा प्रवेश गर्न लाग्दा राजावादी दल र तिनका समर्थकहरू राजतन्त्रको पुनःस्थापना गर्नका लागि आफ्नो ताकत देखाउन जुटेका छन्। राप्रपा, राप्रपा नेपाल र राजतन्त्र फर्काउने अभियानमा...

नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्छौंः मन्त्री खड्का

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धमा छुट्टै ऐनको व्यवस्था गर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार स्वच्छ उर्जा रुपान्तरण सम्बन्धी लक्ष्य हाँसिल गर्न गम्भीर रहेको बताउनु भयो । उहाँले नविकरणीय उर्जा तथा...

चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छः प्रमुख साह

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्ने बताउनुभएको छ । बुधवार काठमाडौं महानगरपालिका–७ ले आयोजना गरेको पिएल सिंह चित्रकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने उल्लेख गर्दै पढाई बाहेकका सृजनात्कमक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताउनु...

मनाइयो ७५ औं प्रजातन्त्र दिवस

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । जनता रैतीबाट नागरिक भएको घोषणा गरिएको दिनको रुपमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,...

युवालाई सशक्त बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई सशक्त बनाएर नै मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको नीति रहेको बताउनुभएको छ । बुधवार प्रजातन्त्र दिवसको अवसर पारेर सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रको समृद्धि र जनताको सुख नै परिपूर्ण लोकतन्त्र भएको उल्लेख गर्नुभयो।  उहाँले परिपूर्ण लोकतन्त्रले...