समाचार

रवि लामिछानेमाथि मानव अधिकार हनन भएको छैन, मान्छेको अनुहार हेरेर कारबाही हुँदैनः गृहमन्त्री

बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताउनु भयो । उहाँले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउनु भयो । उहाँले शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने बताउनु भयो । प्रहरी संगठनलाई कसैको पनि हित...

‘प्राविधिक समस्याका कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको हो, लोडसेडिङ हुने चरणमा छैन’

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कार्यकारी निर्देशक घिसिङले केही प्रशारण लाइनहरु मर्मत गर्नुपर्ने भएको कारण वीरगञ्ज र बुटवल क्षेत्रका उद्योगहरुमा विद्युत आपूर्ति बन्द गर्नुपरेको बताउनुभएको हो । उहाँले ट्रान्समिसन लाइनहरुको मर्मत कार्य गर्नुपर्ने र भारतबाट पनि पीक टाइममा विद्युत आयात गर्न नदिएको कारण उद्योगहरुमा विद्युत कटौति गर्नुपरेको बताउनु भयो...

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा ४ उपसमिति गठन

बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिले स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमिति, शिक्षा, विज्ञान तथा प्रविधि अध्ययन उपसमिति र सञ्चार तथा सूचना प्रविधि अध्ययन उपसमिति गठन गरेको हो । समिति सभापति अम्मरबहादुर थापाकाअनुसार स्वास्थ्य तथा जनसंख्या अध्ययन उपसमितिमा डा.तोषिमा कार्की,...

इजरायलद्वारा सिरियामा सैन्य हतियारलाई निशाना बनाइ हवाई आक्रमण जारी

पछिल्लो आक्रमणहरू जामा नजिकैको बटालियन १०७ मा क्षेप्यास्त्र अड्डाहरू र ग्रामीण टार्टसमा हतियार गोदामहरूमा प्रहार भएको छ। एक इजरायली जेटले पूर्वी सिरियाको देइर अल–जोर सैन्य विमानस्थलमा रडार स्थापनाहरू प्रहार गरेको बताइएको छ। इजरायल र सिरिया बीचको तनावको बिचमा, इजरायली लडाकु विमानहरूले सिरियामा रहेको हतियार र सैन्य संरचनाहरूमा लगातार आक्रमण...

नेपाल—चीनबीच भैँसीको मासु निर्यात सम्झौतामा हस्ताक्षर

सोमवार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्रा.लि. र चीनको सांघाई जियान फुड प्रा.लि. बीच उक्त सम्झौता भएको हो। सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल–चीन बीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपालको हावापानी र नेपालको...

रात्रिकालील उडानसँगै राजविराज पर्यटकीय गन्तव्यस्थल बन्नेछः मन्त्री पाण्डे

सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ । सोमवार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो । दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो । परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु...

सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ । मंगलवार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण...

रवि लामिछलाई अदालत उपस्थित गराइयो

सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ । उनलाई हिरासत म्याद थपका लागि मंगलवार जिल्ला अदालत कास्की उपस्थित गराइएको हो । यसअघि मंसिर २७ गते उनमाथि अध्ययनका लागि ५ दिनको म्याद थप गरिएको थियो ।...

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार कसमसाइरहेको बताएका छन्। मन्त्री यादवले मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमन कार्यक्रममा भाग लिँदै उपत्यकाको खानेपानी संकट समाधान गर्नका लागि सरकार गम्भीरतापूर्वक योजनाहरू अघि बढाइरहेको बताएका हुन्। उहाँले भने, “हामीले दीर्घकालीन योजना बनाएर उपत्यकाको पानीको समस्या समाधान...

थाइल्याण्डको ताक प्रान्तमा बम विष्फोटः तीनको मृत्यु, ४८ घाइते

थाइल्याण्डको उत्तरी ताक प्रान्तमा एक वार्षिक उत्सवमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन् । बम विस्फोटमा संलग्न दुई संदिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रहरी प्रवक्ता अर्कायोन्ट क्राइथोङले प्रारम्भिक अनुसन्धानमा एक जना संदिग्धले विस्फोटक पदार्थ बोकेको स्वीकार गरेको बताउनु...