समाचार
एमाले देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभइ देश बनाउनका बनेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी भएको उल्लेख गर्नुभयो...
किराँत समुदायमा उँधौलीको रौनक
किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आज ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पूर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना...
नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी होः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली काँग्रेस जनतालाई अधिकार दिलाउने पहिलो पार्टी भएको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस नेपालमा इतिहास बोकेको पार्टी भएको बताउनु भयो । उहाँले इतिहास बोकेको पार्टीको महत्वको बारेमा ख्याल राखेर अघि बढ्न...
नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी रुपले मसँग जोडिएको छैनः ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्टको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको बताउनुभएको छ । नेपाल स्काउट र मन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपमेण्ट बीचको विवाद यति बेला उत्कर्षमा छ । मन्त्री खड्काको कम्पनीले नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा र दुई वटा भवन भाडामा...
मलेसियाको औद्योगिक उत्पादन अक्टोबरमा २.१ प्रतिशतले बढ्यो
मलेसियाको औद्योगिक उत्पादन सूचकांक (आईपीआई) अक्टोबरमा वार्षिक रूपमा २.१ प्रतिशतले बढेको छ । जुन उत्पादन क्षेत्रमा स्थिर उत्पादन वृद्धिले बढेको छ । डिपार्टमेण्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले आईपीआईले अक्टोबरमा सकारात्मक वृद्धि कायम राखेको बताएको छ । अक्टोबरमा आईपीआईको वृद्धि उत्पादन क्षेत्रको नेतृत्वमा भएको थियो । जुन ३.३ प्रतिशतले विस्तार भएको...
मोटोपना अस्ट्रेलियाको स्वास्थ्य जोखिमको पहिलो कारण
अस्ट्रेलियामा पहिलो पटक अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ । सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले बिहीवार आफ्नो वार्षिक अस्ट्रेलियन बर्डन अफ डिजिज स्टडी २०२४ प्रकाशित गरेको छ । मोटोपनासहित अधिक तौल हुनुलाई प्रमुख परिमार्जनयोग्य जोखिम कारकको रूपमा पहिचान गरेको थियो ।...
नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र होः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मले नेपाल—चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नन्हाई बुद्ध धर्म गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बुद्ध धर्मले शान्ति र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने उल्लेख गर्नुभयो । उहाँले यस्ता सम्मेलनले नेपाल र चीनबीचका मात्रै नभइ अन्य देशमा रहेका बौद्ध धर्मावलम्वीहरुरबीचको सम्बन्ध...
विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपालमा
विश्व क्रिकेटका लिजेण्ड ब्रयान लारा नेपाल आइपुगेका छन् । आज बिहान छोरीसहित नेपाल आएका ब्रयान लारालाई नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम खड्का, प्रवक्ता छुम्बी लामा र क्रिकेट म्यानेजर तथा पूर्वकप्तान विनोद दासले त्रिभूवन विमानस्थलमा स्वागत गरेका छन् । जारी नेपाल प्रिमियर लिगमा कमेन्ट्रीसहित अन्य कार्यक्रममा सहभागी हुन लारा क्यानको...
काबुल बिष्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु
काबुल बिष्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु भएको छ । अफगानिस्तानका शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी कार्यवाहकमन्त्री खलील रहमान हक्कानीको बिष्फोटका क्रममा मृत्यु भएको हो । मन्त्रालयको मुख्यालयभित्र भएको विस्फोटमा मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ ।
इजिप्ट र अमेरिकी विदेशमन्त्रीबीच सिरियाको घटनाक्रमबारे छलफल
इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा हालैका घटनाक्रमका बारेम छलफल गर्नुभएको छ । दुवै पक्षले सिरियामा स्थायित्व पुनःस्थापनाको लागि बाटो प्रशस्त गर्नका लागि कुनैपनि सिरियाली राष्ट्रिय घटक वा दलहरूलाई बहिष्कृत नगर्ने वृहत राजनीतिक प्रक्रिया अपनाउने महत्वमा जोड दिनुभयो । अब्देलाट्टीले सिरियाको सार्वभौमिकता, एकता र...










