विश्व

इजरायलद्वारा सिरियामा सैन्य हतियारलाई निशाना बनाइ हवाई आक्रमण जारी

पछिल्लो आक्रमणहरू जामा नजिकैको बटालियन १०७ मा क्षेप्यास्त्र अड्डाहरू र ग्रामीण टार्टसमा हतियार गोदामहरूमा प्रहार भएको छ। एक इजरायली जेटले पूर्वी सिरियाको देइर अल–जोर सैन्य विमानस्थलमा रडार स्थापनाहरू प्रहार गरेको बताइएको छ। इजरायल र सिरिया बीचको तनावको बिचमा, इजरायली लडाकु विमानहरूले सिरियामा रहेको हतियार र सैन्य संरचनाहरूमा लगातार आक्रमण...

थाइल्याण्डको ताक प्रान्तमा बम विष्फोटः तीनको मृत्यु, ४८ घाइते

थाइल्याण्डको उत्तरी ताक प्रान्तमा एक वार्षिक उत्सवमा बम विष्फोट हुँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४८ जना घाइते भएका छन् । बम विस्फोटमा संलग्न दुई संदिग्धलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राष्ट्रिय प्रहरी प्रवक्ता अर्कायोन्ट क्राइथोङले प्रारम्भिक अनुसन्धानमा एक जना संदिग्धले विस्फोटक पदार्थ बोकेको स्वीकार गरेको बताउनु...

मलेसियाको औद्योगिक उत्पादन अक्टोबरमा २.१ प्रतिशतले बढ्यो

मलेसियाको औद्योगिक उत्पादन सूचकांक (आईपीआई) अक्टोबरमा वार्षिक रूपमा २.१ प्रतिशतले बढेको छ । जुन उत्पादन क्षेत्रमा स्थिर उत्पादन वृद्धिले बढेको छ । डिपार्टमेण्ट अफ स्ट्याटिस्टिक्स मलेसियाले आईपीआईले अक्टोबरमा सकारात्मक वृद्धि कायम राखेको बताएको छ । अक्टोबरमा आईपीआईको वृद्धि उत्पादन क्षेत्रको नेतृत्वमा भएको थियो । जुन ३.३ प्रतिशतले विस्तार भएको...

मोटोपना अस्ट्रेलियाको स्वास्थ्य जोखिमको पहिलो कारण

अस्ट्रेलियामा पहिलो पटक अस्ट्रेलियामा बढी तौल हुनु रोगको प्रमुख जोखिम कारक बनेको छ ।  सरकारी तथ्याङ्कका अनुसार अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले बिहीवार आफ्नो वार्षिक अस्ट्रेलियन बर्डन अफ डिजिज स्टडी २०२४ प्रकाशित गरेको छ । मोटोपनासहित अधिक तौल हुनुलाई प्रमुख परिमार्जनयोग्य जोखिम कारकको रूपमा पहिचान गरेको थियो ।...

काबुल बिष्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु

काबुल बिष्फोटमा अफगानिस्तानका कार्यवाहक मन्त्रीको मृत्यु भएको छ । अफगानिस्तानका शरणार्थी तथा स्वदेश फिर्ता सम्बन्धी कार्यवाहकमन्त्री खलील रहमान हक्कानीको बिष्फोटका क्रममा मृत्यु भएको हो । मन्त्रालयको मुख्यालयभित्र भएको विस्फोटमा मृत्यु भएको गृह मन्त्रालयका एक अधिकारीले बताउनुभएको छ ।

इजिप्ट र अमेरिकी विदेशमन्त्रीबीच सिरियाको घटनाक्रमबारे छलफल

इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा हालैका घटनाक्रमका बारेम छलफल गर्नुभएको छ । दुवै पक्षले सिरियामा स्थायित्व पुनःस्थापनाको लागि बाटो प्रशस्त गर्नका लागि कुनैपनि सिरियाली राष्ट्रिय घटक वा दलहरूलाई बहिष्कृत नगर्ने वृहत राजनीतिक प्रक्रिया अपनाउने महत्वमा जोड दिनुभयो । अब्देलाट्टीले सिरियाको सार्वभौमिकता, एकता र...

दक्षिण कोरियाली संसदद्वारा राष्ट्रपति युनलाई तत्काल गिरफ्तार गर्ने प्रश्ताव पारित

दक्षिण कोरियाको राष्ट्रिय सभाले मङ्गलवार एक प्रश्ताव पारित गरेको छ । जसमा राष्ट्रपति युन सुक–योल र अन्य सात अधिकारीहरूलाई गत हप्ताको गलत मार्शल ल घोषणामा तत्काल पक्राउ गर्न आह्वान गरिएको छ । कानूनअनुसार राष्ट्रिय सभाको प्रश्ताव विधेयकजस्तै प्रश्तावको प्रक्रिया, अधिकार क्षेत्र समितिबाट समीक्षा र पूर्ण बैठकले छलफलको विषय भएपनि...

टर्कीले सिरियालाई फेरि विभाजन हुन दिँदैनः एर्दोगान

टर्कीले सिरियालाई द्वन्द्व क्षेत्र बन्न र पुनः विभाजित हुन नदिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताउनुभएको छ । नयाँ सिरियाली सरकारको स्थायित्व वा पुरातन सिरियाली भूमिको अखण्डतामा कुनैपनि आक्रमणले सिरियाली जनतालाई क्षति हुन नदिने उहाँको भनाइ थियो । सिरियाली लडाकु समूह, हयात तहरीर अल–शामको नेतृत्वमा, नोभेम्बर २७ देखि उत्तरी...

इस्तानबुल एयरपोर्टले ३ रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने

टर्कीको सबैभन्दा ठूलो उड्डयन केन्द्र इस्तानबुल एयरपोर्टले बढ्दो यात्रु क्षमता समायोजन गर्न तीनवटा रनवेमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन गर्ने भएको छ । यातायात र पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले यस्तो घोषणा गर्नुभएको हो । १७ अप्रिल, २०२५ इस्तानबुल एयरपोर्टमा सबै तीन रनवेहरूमा एकैसाथ टेकअफ र ल्याण्डिङ सञ्चालन शुरु गर्ने...

इजरायली आक्रमणबाट वेस्ट बैंकमा २ प्यालेस्टाइनीको मृत्यु

रमल्लाहस्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर टुबासमा इजरायली बमबारीमा दुई प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । मारिनेमा २६ वर्षीय खलील अल–मसरी र ३२ वर्षीय अदी दाराघमेह रहेको बताइएको छ । टुबासका गभर्नर अहमद अल–असादले इजरायली सेनाले दुई युवालाई उनीहरुको घर नजिकै हत्या गरेको बताउनु भयो । अद्राईले...