समाचार
बाल गायक सचिन परियारको १० बजेको समयमा उपचारको क्रममा निधन
नेपालका चर्चित बाल गायक र कलाकार सचिन परियारको निधन भएको छ। २२ माघ, बिहीबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचार गराइरहेको बेला उनले १० बजेका आसपास प्राण त्याग गरेका हुन्। उनले विभिन्न लोकप्रिय गीतहरु गाएका थिए र अभिनेता राजेश हमालसँग संगीत भिडियोमा समेत अभिनय गरेका थिए। उनी हास्य...
प्रतिनिधि सभाका नवनियुक्त सचिव राईद्वारा शपथ ग्रहण
प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलवार सचिव पदमा नियुक्त गर्नुभएको हो । शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद...
धेरै जातजाति, भाषाभाषीहरु नेपालको सम्पतीः अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउतले नेपालमा धेरै जातजाति, भाषाभाषीहरु हुनु कमजोरी नभएको बताउनुभएको छ । बुधवार माईतीघर मण्डलामा राष्ट्रिय पोशाक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धेरै भेषभुषा, भाषाभाषी, जातजाति हुनु नेपालको सम्पती भएको उल्लेख गर्नुभयो । उहाँले सबैलाई सम्मान गर्नसके मात्रै देशको...
पूर्वाधार विकास समितिमा २२ उजुरी,उजुरी समाधानको लागि दुई उपसमिति गठन
पूर्वाधार विकास समितिमा विभिन्न मन्त्रालयसँग जोडिएका आयोजनाहरुको विषयमा २२ वटा उजुरी परेको छ । बुधवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा २२ उजुरी परेको समितिले जानकारी दिएको हो । समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ८,ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय ३, खानेपानी मन्त्रालय २, शहरी विकास मन्त्रालय...
आर्थिक र भौतिक विकास मात्रै मुलुकको विकास होइनः राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमीक केही हुन् भन्ने मान्यतालाई विशेष जोड दिइ...
श्रम लचकताको फाइदा उठाउँदै श्रमदाताहरुले श्रमिकलाई अन्धाधुन्ध जगेडामा राख्ने काम गरेः अध्यक्ष कुवँर
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्रकुमार कुवँरले श्रम बजारसम्बन्धी जुम्ल्याहा कानून ल्याउँदा श्रमदाताहरुले श्रम लचकताको गलत फाइदा उठाएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जति बढी...
पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँः पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताउनुभएको छ । मंगलवार नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो...
ओलीलाई घनश्यामको सुझावः पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व छोड्नुस्
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुषालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टीभित्र धेरै उकुसमुकुस बढेको भन्दै नेतृत्वबाट हटेदेखि नै पार्टीभित्रको महोल शान्त हुने बताउनुभएको हो । उहाँले नेता भीम रावललाई पार्टीले...
पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको छः सभापति देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । शनिवार काठमाडौंमा पि.एल सिंहको १३ औं दिनको पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पि.एल सिंह कहिल्यै नथाक्ने र सधैँ सक्रिय हुने व्यक्ति...
अंग्रेजी नयाँ वर्षको अवसरमा शान्तिनगरमा अर्थोपेडिक्स अस्पतालको स्वास्थ्य शिविर
अंग्रेजी नयाँ वर्षको अवसर पारेर नेपाल अर्थोपेडिक अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिवार काठमाडौंको शान्तिनगरमा अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा अस्पतालले जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला...










