समाचार

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज

हंगेरीको औद्योगिक नीति, भविष्य इलेक्ट्रोमोबिलिटीमा छः ओर्बन

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले इलेक्ट्रोमोबिलिटीलाई आफ्नो देशको औद्योगिक नीतिको आधारशिला भएको बताउनुभएको छ । हंगेरीको दृष्टिकोणबाट ओर्बानले यो दिशा रणनीतिक र अपरिवर्तित रहने बताउनु भयो । प्रधानमन्त्रीले दक्षिणी हङ्गेरियन शहर सेजेडमा आकार लिइरहेको बिवाइडी प्लान्टको उल्लेख गर्दै ठूला ब्याट्री कारखानाहरू चाँडै सञ्चालनमा आउने उल्लेख गर्नुभयो । बिवाइडीको प्लान्ट युरोपमा...

संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौं महानगर पालिका वडा नम्ब ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरु नेपाली...

न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहन्छः बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संवैधानिक व्यवस्था विपरित न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहने बताउनुभएको छ । आईतवार बार दिवस, २०८१ को अवसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष घिमिरेले न्याय परिषद्ले गैरकानूनी रुपमा नियमावली संशोधन गरेकोले आन्दोलनका कार्यक्रम जारी रहने बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्तिमा ढिलाई...

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा

जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन् । शनिवार भएको एनपिएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । एनपिएल जितेको उपलक्ष्यमा जनकपुरधाममा साधुसन्तहरुलाई बेलाएर भण्डारा गरिएको हो । जनकपुर बोल्ट्सले एनपिएलको पहिलो उपाधी जितेको खुशीमा...

लोडसेडिङ हुदाँ खुशी हुने जमातले लोडसेडिङको हल्ला फिँजाएः कुलमान घिसिङ

शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै लोडसेडिङ हुँदा रमाउने जमातले प्राविधिक रुपमा थोरै समस्या हुँदा बजारमा लोडसेडिङ घोषणा भएको हल्ला फैल्याएको दाबी गर्नुभएको हो । उहाँले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताउनु भयो । उहाँले माथिल्लो तामाकोशी र कालिगण्डकी...

अहिलेको न्यायपालिका पारदर्शी छः प्रधानन्यायाधीश राउत

बिहीवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताउनु भयो । उहाँले अहिले खुला अदालतको रुपमा सुनुवाई भइरहेको बताउनु भयो । उहाँले अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ...

जग्गा तथा आवास विकासका समस्या समाधान सम्बन्धी प्रतिवेदन चाँडै कार्यान्वयन हुन्छः उपप्रधानमन्त्री सिंह

शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई प्रतिवेदन बुझाएको हो । जग्गा तथा आवास विकाससँग सम्बन्धित सुझावहरू तथा अन्य व्यवस्थाहरू अध्ययन गरी पुनरावलोकन गर्नुपर्ने विषय पहिल्याई गर्नुपर्ने सुधार सहितको प्रतिवेदन पेश गर्न शहरी विकास मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदन–२०८१ बुझ्दै उपप्रधानमन्त्री सिंहले घरजग्गाको किनबेचमा ठूलो उत्साह नरहेको बेलामा बनेको...

संघीयता कार्यान्वयनमा जोड दिन सभामुखको आग्रह

शुक्रवार राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको स्मारिका विमोचन कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संघीयता कार्यान्वयनमा जोड दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले अहिले संघीयता चाहिँदैन भन्ने टिप्पणीहरु बढिरहेको भन्दै संघीयताको सही कार्यान्वयन आवश्यक भएको बताउनु भयो । उहाँले संघीयतासँग सम्बन्धित निकायहरुलाई बलियो पार्ने कानून बनाउनेदेखि लिएर व्यवहारमा कार्यान्वयन...

बजेटमा माथिल्लो तहबाट आयोजनाहरु छनोट हुने प्रक्रियाको अन्त्य गरिन्छः मन्त्री दाहाल

शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजद्वारा अयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले तल्लो तहबाट छनोट भएर आएका विकास निर्माणका आयोजनाहरु छनोट नहुँदा समस्या आएको बताउनु भयो । उहाँले माथिल्लो तहबाट आयोजनाहरु छनोट हुने तर आयोजनाहरुमा बजेट सुनिश्चितता नहुँदा आयोजना निर्माणमा समस्या हुने गरेको बताउनु भयो ।...