विश्व
इजिप्टको आसुतमा मिनीबस दुर्घटनाः ४ जनाको मृत्यु, १० बेपत्ता
इजिप्टको असुत प्रान्तस्थित डेराउट जिल्लामा १४ यात्रु बोकेको एउटा मिनीबस नहरमा खस्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना बेपत्ता भएको बताइएको छ । बेपत्ता यात्रुहरूको खोजी प्रयास जारी छ । गोताखोर र प्रहरीहरुले बेपत्ताको खोजि भइरहेको बताएका छन् । इजिप्टमा ट्राफिक दुर्घटनाको उच्च दर छ ।...
भारतको केन्द्रिय बैंकद्वारा रिपो दर ६.५ प्रतिशतमा यथावत
भारतको केन्द्रिय बैंकिङ संस्था रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राखेको घोषणा गरेको छ । रिपो दर भनेको केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई कोषको कमीको अवस्थामा कर्जा दिने दर हो । ६ सदस्यीय मौद्रिक नीति समिति (एमपीसी)ले प्रमुख दर यथावत राख्ने निर्णय गरेको यो लगातार ११...
इण्डोनेसियामा बाढी, पहिरोबाट ५ जनाको मृत्यु
इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति पु¥याएको हो । पाँच जनाको शव फेला परेको छ र सात जना बेपत्ता भएको एक अधिकारीले बताएका...
असदलाई सिरिया छोड्न आग्रह गरेको अमेरिकी रिपोर्टको इजिप्ट्दवारा खण्डन
इजिप्टको विदेश मन्त्रालयले सदलाई सिरिया छोड्न आग्रह गरेको द वाल स्ट्रिट जर्नलको रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । रिपोर्टमा इजिप्टका अधिकारीहरूले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सिरिया छोडेर निर्वासनमा सरकार गठन गर्न आग्रह गरिएको थियो । प्रतिवेदनमा गरिएको दाबीलाई पूर्णतया निराधार र गलत भएको भन्दै इजिप्टको मन्त्रालयले आफ्नो आधिकारिक...
इराक—इरान—सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल
इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गर्नुभएको छ । भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर अवस्थाको...
गाजामा इजरायली हमलामा २० प्यालेस्टाइनीको मृत्यु
प्यालेस्टिनी स्रोतकाअनुसार दक्षिणी गाजा पट्टीको खान युनिसको पश्चिममा विस्थापित मानिसहरूको लागि बनाइएको आश्रयस्थललाई लक्षित गरी बुधवार इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुसार इजरायली युद्धक विमानहरूले एउटा मिसाइलको साथ मावासी क्षेत्रमा विस्थापित मानिसहरूको घरमा रहेको आश्रयलाई निशाना बनाइ आक्रमण गरेका थिए । स्वास्थ्यकर्मीहरूले उद्धार...
फ्रान्सेली ट्याक्सी चालकहरूद्वारा प्रदर्शन
फ्रान्सेली ट्याक्सी चालकहरूले अस्पतालको यातायात सेवा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन् । प्रमुख फ्रान्सेली शहरहरूमा ट्याक्सी चालकहरूले बिरामी यातायात सेवाहरूको लागि भुक्तानी घटाउने प्रश्तावको बिरुद्ध विरोध प्रदर्शन गरेका हुन् । हाल बिरामी यातायात भाडा फ्रान्समा ट्याक्सी चालकहरूको आम्दानीको एक महत्वपूर्ण भाग हो । यद्यपि २०२५ को मस्यौदा बजेट बिलको...
अमेरिकामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि विशेष सूचना
अमेरिकामा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि ठूलो अवसर आएको छ। अमेरिकी दूतावासले सन् २०२५ को अप्रिल, मे, जुन, र जुलाई महिनाका लागि विद्यार्थी भिसा (F-1 Visa) अपोइन्टमेन्ट मितिहरू सार्वजनिक गरेको छ। यदि तपाईंले आफ्नो उच्च अध्ययनको लागि अमेरिका छनौट गर्नुभएको छ भने, भिसा अन्तर्वार्ता मितिहरू तय...
भारतको ट्याक्सी सेवाले चालकको बन्दुकको धम्कीमा लुटपाट गरेको घटनामा माफी मागेको छ।
भारतको ट्याक्सी एग्रीगेटर सेवा ब्लू स्मार्टले त्यसकी एक ग्राहकले राजधानी दिल्ली नजिकै चालकबाट बन्दुकको धम्कीमा लुटपाट भएको भनाइपछि माफी मागेको छ। ३० वर्षीया महिला शनिबार आफ्ना ६ वर्षका छोरासँग ब्लू स्मार्ट ट्याक्सीमा यात्रा गर्दै थिइन्, जब चालकले बन्दुक देखायो। उनले प्रहरीलाई दिएको उजुरीमा भनिन् कि चालकले उनलाई एपमार्फत ५५,०००...








