समाचार
नेप्सेमा तीन पटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द
जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ । बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भयो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार...
जेन जी आन्दोलनमा आगजनी भएका सम्पती रक्षाका लागि दमकल पठाउँदा ढुंगामुढा भएपछि पछि हट्यौँः राजुनाथ पाण्डे
काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जेन जी आन्दोलनकारीले आगजनी गरेका सम्पती जोगाउन दमकल प्रयोग गर्न खोज्दा ढुंगामुढा भएपछि तत्काल आगो निभाउन नसकिएको बताउनुभएको छ । महानगर प्रहरीले बोलाएको ठाउँमा समयमै दमकल नपठाएको कारण देशले ठूलो क्षति व्यहोर्नुपरेको जनगुनासो आएसँगै महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो बताउनुभएको हो । बिहीवार...
जेन जी आन्दोलनको आडमा राजनीतिक दलले ल्याएका परिवर्तनमाथि धावा बोलिँदैछः प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जेन जी आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिहरु केही होइनन् भन्ने भाष्य सिर्जना गर्ने दुष्प्रयास भइरहेको बताउनुभएको छ । बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर...
ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भयोः पुरञ्जन आचार्य
वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताउनुभएको छ । ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले...
जेन—जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो
जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बुधवार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक विदा समेत दिएको छ ।
आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताउनुभएको छ । बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताउनुभएको हो । उहाँले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले तोकिएकै मितिमा निर्वाचन गराउन राजनीतिक दलहरुले भुमिका...
धातुजन्य उपकरण र औजारको पूजा गरी मनाइयो विश्वकर्मा पूजा
आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको छ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइएको हो । हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने गरिन्छ । विश्वकर्माले नै देवताका...
शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न तयार छौंः शिर्ष क्लव
शहीद स्मारक ‘ए’ डिभिजन क्लवहरूले नेपाली फुटबलको प्रशासकीय निकायले शिर्ष डिभिजनको लिग गराउँदा आफूहरू खेल्न तयार हुने बताएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग आगामी पुस ९ गतेदेखि गर्ने तयारी गरेको छ । त्यसका लागि एन्फाले क्लवहरूसँग छलफल गर्दै तयारीमा पनि थालेको...
विरोध प्रदर्शनपछि भिङ्गेगार्ड एस्पाना साइकल दौड छोट्याइयो
आईतवारको विरोधका कारण ५० किलोमिटरभन्दा बढी दौड बाँकी रहँदा भिङ्गेगार्ड एस्पाना साइकल दौड छोटो पारिएको छ । सुरक्षा कारणले गर्दा ला वुएलटाको चरण २१ चाँडै समाप्त भएको हो । कुनै पोडियम समारोह नहुने बताइएको छ । म्याड्रिडको केन्द्रमा प्रहरी र प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरू बीच झडप भएको थियो । ला...
अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकः आन्दोलनमा निधन भएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवसमा सार्वजनिक...










