समाचार

संक्रमणकालीन न्यायको विषय सरकारको उच्च प्राथमिकतामा छः उपप्रधानमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनुभएको छ । मंगलवार ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता...

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यकः सभामुख घिमिरे

संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष...

एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा...

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गर्नुभएको छ । सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक...

गाजा—इजरायल युद्धको १४ महिनापछि बाबुरामः २१ औं शताब्दीमा यति क्रुर नरसंहार हुनु लज्जाको विषय

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इजरायल—प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा आएर अहिले इजरायलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको...

इजरायलले प्यालेस्टाइनीमाथि नरसंहार गरेको छ, सबैले आवाज उठाऔँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलले प्यालेस्टाइनी नागरिकमाथि नरसंहार गरेको भन्दै बिरोध जनाउनुभएको छ । सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले इजरायलद्वारा प्यालेस्टाइनमाथिको ज्यादतीका बिरुद्ध विगतदेखि नै विश्वव्यापी रुपमा आवाज उठ्दै आएको बताउनु भयो...

इजिप्टको आसुतमा मिनीबस दुर्घटनाः ४ जनाको मृत्यु, १० बेपत्ता

इजिप्टको असुत प्रान्तस्थित डेराउट जिल्लामा १४ यात्रु बोकेको एउटा मिनीबस नहरमा खस्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना बेपत्ता भएको बताइएको छ । बेपत्ता यात्रुहरूको खोजी प्रयास जारी छ । गोताखोर र प्रहरीहरुले बेपत्ताको खोजि भइरहेको बताएका छन् । इजिप्टमा ट्राफिक दुर्घटनाको उच्च दर छ ।...

भारतको केन्द्रिय बैंकद्वारा रिपो दर ६.५ प्रतिशतमा यथावत

भारतको केन्द्रिय बैंकिङ संस्था रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राखेको घोषणा गरेको छ । रिपो दर भनेको केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई कोषको कमीको अवस्थामा कर्जा दिने दर हो । ६ सदस्यीय मौद्रिक नीति समिति (एमपीसी)ले प्रमुख दर यथावत राख्ने निर्णय गरेको यो लगातार ११...

इण्डोनेसियामा बाढी, पहिरोबाट ५ जनाको मृत्यु

इण्डोनेसियाको पश्चिमी जाभामा आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् । पश्चिम जाभा प्रान्तमा आएको बाढी र पहिरोले सयौं घर र पूर्वाधारमा क्षति पु¥याएको हो । पाँच जनाको शव फेला परेको छ र सात जना बेपत्ता भएको एक अधिकारीले बताएका...

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, आर्थिक सहायता बढाउनेबारे छलफल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले...