समाचार

स्थानीय तहमा विपद् जोखिम न्युनिकरणः नीति र कार्यान्वयनको प्रभाव

जलवायु उत्थानशील योजना निर्माणमा स्थानीय सरकारहरुले चासो दिन थालेपछि विपद् व्यवस्थापन सहज र प्रभावकारी भएको छ । बाढी, पहिरो र अन्य प्रकोपबाट हुने जोखिम न्युनिकरण गर्न उनीहरूले नीति,कार्यविधि र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन थालेका छन् । यसले क्षति न्युनिकरण र राहत वितरणलाई पनि छिटो र पारदर्शी बनाएको छ ।...

जेन–जी युवाहरुको चेतावनीः विदेशमा रहेका नेपालीहरुको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ

स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेन–जी अभियन्ताहरुले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन् । शुक्रवार उनीहरुले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरुको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन् । जेन–जी अभियन्ता शिरिष साहीले एउटा राजनीतिक दलले प्राप्त गर्ने मत भन्दा बढी नेपालीहरु विदेशमा...

एकै दिन ३५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

शुक्रवार एकै दिन सुनको मूल्य उच्च दरले वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघकाअनुसार शुक्रवार प्रतितोला सुन ३५ सय रुपैयाँले बढेको छ । बिहीवार २ लाख ५३ हजार १०० रुपैयाँ प्रतितोला रहेको सुन शुक्रवार बढेर २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ ।...

सञ्चारमन्त्रीको टिप्पणीः नेताहरु घाटमा जाने बेलासम्म पनि आफैँ नेता, अध्यक्ष र प्रधानमन्त्री बन्छन्

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दाबी गर्नुभएको छ । शुक्रवार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताउनु भयो । उहाँले...

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक

सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्नुभएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले आफ्नो तीन वर्षे कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । अर्यालको तीन वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरुमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई...

मानव—वन्यजन्तु द्वन्द्व र वन डढेलोको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताउनुभएको छ । शुक्रवार ललितपुरमा आयोजित प्रथम वाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका सुन्दरतम तालतलैयाहरु र पर्यावरणमा मिचाहा प्रजातिले ठूलो असर गरेको उल्लेख गर्नुभयो...

विकास बजेट खर्च गर्न चुक्यो अन्तरिम सरकार

भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको ‘नागरिक सरकार’ पनि विकास बजेट खर्च गर्न चुकेको छ । मुलुकमा दलीय सरकार नरहेको बेला पोहोरको भन्दा पनि झन् कमजोर पुँजीगत बजेट खर्च भएको हो । चालु आर्थिक वर्षको ५ महीना पूरा हुन लाग्दा संघीय सरकारको पुँजीगत खर्च...

साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यले समाजको पथप्रर्दशक गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार पार्टी मुख्यालय च्यासलमा युगदुत नामक पुस्तकको विमोचन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष ओलीले साहित्य खाली आत्म सन्तुष्टिका लागि मात्रै हुन नहुने बताउनु भयो । साहित्य समाज, मानव...

एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो

नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराउनुभएको हो । उहाँकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६...

हेटौँडा उपमहानगरपालिकाद्वारा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु)

हेटौँडा उपमहानगरपालिकाले शहरका मुख्य सडकहरूको विस्तार गर्ने तयारी गरेको छ । यो योजनाअन्तर्गत सडकको मूल भाग (केन्द्र रेखा) बाट दायाँतर्फ ५० मिटर र बायाँतर्फ २५ मिटरभित्र पर्ने संरचना हटाइने भएको छ । विशेष के छ भने यो मापदण्डभित्र २०३१ सालमा नै सडक मुआब्जा लिएर बनेका घरहरू पनि पर्नेछन् ।...