राजनीति

एमाले बागमती संसदीय दलको आह्वानः शान्ति, कानुन र संविधानको पक्षमा एकताबद्ध हुन आग्रह

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले हाल देखिएका अराजकतामूलक, हिंसात्मक तथा देशविरोधी गतिविधिहरूको कडा निन्दा गर्दै शान्ति, स्थायित्व र संवैधानिक व्यवस्थाको पक्षमा सबै दल, नागरिक समाज र जनसमुदायलाई एकताबद्ध हुन आह्वान गरेको छ। संसदीय दलको कार्यालय, हेटौंडामा असोज २४ गते बसेको बैठकले समसामयिक राजनीतिक अवस्था, सभामुख...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। मंगलबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले राजीनामा दिएको घोषणा गरेका हुन्। मुख्यमन्त्री सिंहले प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि मङ्गलबार प्रदेश सभा बैठक आह्वान गरिएको थियो। मुख्यमन्त्री सिंहले राजीनामा दिएपछि विश्वासको मतसम्बन्धी कार्यसूची हटाइएको सभामुख रामचन्द्र मण्डलले...

जेनजी सहिदप्रति देउवाको श्रद्धाञ्जली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरे। देउवाले भदौ २३ र २४ गतेका घटनामा परी ज्यान गुमाउने सबैप्रति...

विशेष महाधिवेशनले नयाँ पुस्तालाई समेट्न सक्दैन् : मोहन बस्नेत

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता मोहन बस्नेतले विशेष महाधिवेशन युवा पुस्ताको लागि नभएको बताएका छन् । मंगलबार केन्द्रीय कार्यसमितिको बैठक अघि संचारकर्मीहरुसँग कुराकानी गर्दै विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको चुनाव मात्र हुने, त्यो पनि १४ औ महाधिवेशनबाट निर्वाचिन महाधिवेशन प्रतिनिधिले मात्र चुन्न पाउने भएकाले विशेष...

टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । शुक्रवार बिहान टुँडिखेलमा एक समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास गरेका छन् । सुरक्षा निकायहरुले ब्याण्ड प्रदर्शन समेत गरेका छन् ।

लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणालीः प्रधानमन्त्री कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित मूल समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जी पुस्ताको आन्दोलन गरिएका प्रतिवद्धता, संघीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार,...

माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरुको पार्टी होः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र...

जेन-जी आन्दोलनमा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी

जेन जी आन्दोलनका क्रममा निर्वाचन आयोग अन्तर्गतका ६ वटा कार्यालयहरुमा तोडफोड र आगजनी भएको छ । भदौ २३ रु २४ गते जेन जी पुस्ताले गरेको आन्दोलनमा यि घटनाहरु भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगको सचिवालयको एउटा मोटरसाइकल, निर्वाचन कार्यालय इलामका कार्यालय तोडफोड र सामग्रीहरु जलाइएको निर्वाचन आयोगका...

ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भयोः पुरञ्जन आचार्य

वरिष्ठ राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठूला राजनीतिक दलका शिर्ष नेताहरुकै कारण लोकतन्त्र असफल भएकाले उनीहरुले राजीनामा दिनुपर्ने बताउनुभएको छ । ठूला राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को नेतृत्व गरिरहेकै नेताहरु असफल भएको प्रमाण आन्दोलनबाट पुष्टि भइसकेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले...

अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद् बैठकः आन्दोलनमा निधन भएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि

सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले असोज १ गते शोक दिवसमा सार्वजनिक...