स्थानीय
भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ । आईतवार झापामा सञ्चारकर्मीमाझ उहाँले आफूले सो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित...
भारत नियन्त्रित जम्मू कश्मीरमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३० नाघ्यो
भारत नियन्त्रित जम्मू कश्मीरमा मंगलवार माता वैष्णोदेवी मन्दिर नजिकै भएको पहिरोमा मृत्यु हुनेको संख्या ३० नाघेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । २० भन्दा बढी घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ । अविरल वर्षाको बीचमा मन्दिर नजिकैको अर्धकुवारी क्षेत्रमा पहिरो गएको थियो। उक्त त्रासदीपछि मन्दिरको तीर्थयात्रा रोकिएको थियो ।
ऋषिपञ्चमी पर्व मनाइँदै
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदैछ । आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ ।
वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा लैजान्छौँः सचिव भट्टराई
नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउने बताउनुभएको छ । काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले संशोधन प्रश्ताव लैजाने बारेमा...
११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा व्यहोरेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।
भीमफेदीको लामिडाँडामा पहिरो: त्रिभुवन राजपथ पूर्ण रूपमा अवरुद्ध
हेटौंडा: मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित लामिडाँडामा आज बिहान ठूलो पहिरो खस्दा त्रिभुवन राजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार बिहान सडकमाथिबाट खसेको पहिरोमा ठूला ढुंगा र रुखसमेत समेटिएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। हाल सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने कार्य तीव्र...
लम्पी स्किन नियन्त्रणको लागि प्रदेशव्यापी खोप अभियान सञ्चालन गर्दै बागमती प्रदेश
मकवानपुर। बागमती प्रदेश सरकारले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि भदौ १ देखि ७ गतेसम्म प्रदेशव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो । अभियानको उद्घाटन ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ मा कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलले...
बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त
मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले...
समाजवादी छाडेर इन्द्रसरोवरको सिंगो कमिटि नै एमाले प्रवेश
काठमाडौँ, मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा (समाजवादी) पार्टी परित्याग गरेर पालिका कमिटीका अध्यक्ष मन कुमार स्याङ्तानको नेतृत्वमा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज पार्टी केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच एमाले महासचिव शंकर पोखरेलले उहाँहरुलाई एमालेमा स्वागत गर्नु भएको हो । उक्त पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टी इन्द्रसरोवर कमिटीका उपाध्यक्ष...
बागमतीमा बहादुरले नियुक्ती गरेका तिन मन्त्रीको सपथ स्थगित
हेटौँडा । नेकपा एमालेले सुझाव दिएपछि बागमतीका बहादुर सिंह लामाले नियुक्त गरेका तिन मन्त्रीकोे सपथ स्थगित भएको छ । सत्ता साझेदार नेकपा एमालेले प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामालाई दलको नेताको टुंगो नलागेसम्म मन्त्री नियुक्त नगर्न आग्रह गरेपछि मन्त्री नियुक्तिको प्रक्रिया अघि नबढेको हो। आज बिहान १० बजेका लागि...










