नेशनल गोल्ड विशेष

एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा

अघिल्लो आर्थिक वर्षमा १ करोड २५ लाखले अस्पतालमै पुगेर स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेकाअनुसार औषतमा एउटै मान्छे ५ पटक अस्पताल गएर सेवा लिएको देखिन्छ । २५ लाख मान्छेले एकपटक मात्र अस्पताल पुगेर सेवा लिएका छन् । स्वास्थ्य बीमा बोर्डले आयोजना गरेका एक...

नेपालको बीमा दिगो छैनः स्वास्थ्यमन्त्री गौतम

अन्तरिम सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालमा दिगो बीमाको व्यवस्था नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी अस्पतालमा भएका आधारभुत सेवाहरुलाई राम्रोसँग सञ्चालन गर्न पनि आग्रह गर्नुभयो । आधारभुत सेवाहरु स्थानीय तहबाट नै उपलब्ध गराउनुपर्ने भएपनि...

क्षितिज दुग्ध सहकारीको अध्यक्षमा न्यौपाने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीस्थित क्षितिज दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा राममणी न्यौपाने सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । सहकारीको दशौं साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । नवनिर्वाचित अध्यक्ष न्यौपानेले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले दुग्ध...

एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाउनुभएको छ । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले प्राधिकरणका निर्देशक शाक्यलाई मनत्रीपरिषद्को बैठकबाट सरुवा गराएका थिए । निर्णयलाई सर्वोच्च अदालतले गैरकानूनी ठहर गर्दै उनीहरूलाई...

हेटाैंडाकाे सडक विस्तार प्रभावितबाट पत्रकारहरूमाथि दुर्व्यवहार

२२ मंसिर, हेटाैंडा । हेटाैंडामा सडक विस्तारका कारण प्रभावित स्थानीयहरू जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्न पुगेका बेला समाचार संकलनका लागि खटिएका पत्रकारमाथि दुर्व्यवहार भएकाे छ । प्रशासनकाे मूल गेटबाहिर सडक विस्तारका क्रममा भत्काइएका घर बनाइदिनुपर्ने, मुआब्जा दिनुपर्ने, सिडिओकाे राजीनामा माग, सर्वाेच्चकाे आदेश पालना गर, डाेजर आतंक बनेद गर...

हेटौंडा–१३ टुटेपानीमा ट्रक पल्टिँदा चालक घाइते

हेटौंडा उपमहानगरपालिका–१३ टुटेपानीमा आज बिहान सवारी दुर्घटना भएको छ। पदमपोखरीबाट टुटेपानीतर्फ जाँदै गरेको लु २ ख ६४९९ नम्बरको इट्टा लोड १२ चक्के ट्रक सडकमा हालेको स्ल्याब कमजोर भएकै कारण भाँचिँदा ट्रक अनियन्त्रित भई सडकछेउमा पल्टिएको प्रहरीले जनाएको छ। प्रहरी टोलीले घटनास्थलमा पुगेपछि चालक बारा, सिम्रनगढ नगरपालिका–८ बस्ने करिब २५...

नेपाली महिला फुटबल टोलीकी कप्तान साम्बा हेटौंडामा सम्मानित

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई हेटौंडामा विशेष सम्मान गरिएको छ। देशबाहिर समेत नेपाली महिला फुटबललाई चिनाउने र प्रेरणाका स्रोत बनेकी साम्बालाई सञ्चारिका समूह मकवानपुरले शनिबार आयोजना गरेको ‘देश चिनाउनेसँग हाम्रो चिनजान’ कार्यक्रममा सम्मान गरिएको हो। कार्यक्रममा साम्बालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।...

‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’

पछिल्लो समय विदेशी विनिमय दरको भाउ बढिरहेको छ । भाउ बढ्दा नेपाललाई लाभ भन्दा पनि नोक्शानी बढी हुने गरेको छ । नेपालमा पर्यटन, रेमिट्यान्स जस्ता क्षेत्रमा विदेशी विनिमय दर बढ्दा लाभ मिलेपनि वस्तुदेखि, प्रविधिसम्म आयात गर्दा नेपालको लागत बढ्न जाने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउनुहुन्छ ।...

सामान्य बढ्यो सुनको मूल्य

सोमवार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । महासंघकाअनुसार आईतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको...

रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताउनुभएको छ । सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो । उहाँकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको...