समाचार
अत्याधिक चिसो र शितलहरका कारण जनकपुरसहित मधेसको जनजीवन प्रभावित
विगत तीन दिन यता बढेको अत्याधिक चिसो र शितलहरका कारण जनकपुरधामसहित मधेसको जनजीवन प्रभावित बनेको छ । गत सोमवारदेखि दिउँसोबाट घाम उदाएको भएपनि मंगलवार देखि एकाएक चलेको चिसो हावा र गएराति शितको वर्षा भएपछि मधेसमा अत्याधिक चिसो महशुस गरिएको हो । विगत तीन दिनदेखि घाम उदाएको छैन । साथै...
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आज हुँदैछ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज मध्यान्ह् सवा १२ बजे मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरिने कार्यक्रम छ । मुख्य सुरुङ...
एमसीसीले देशलाई फाइदा गरेको सबैले थाहा पाए : देउवा
९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) ले राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताएका छन् । बुधबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आयोजना गरेको नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठीमा बोल्दै उनले...
मधेशको सरकारी कामकाजी भाषा मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी राख्न प्रस्ताव
९ माघ, जनकपुरधाम। मधेश प्रदेश सभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रस्ताव सदनमा पेश भएको छ । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले सदनमा उक्त विधेयक पेश गरेकी हुन् । बैठकमा पेश गरेको विधेयक छलफलको लागि प्रस्तुत गरिएको छ । विधेयकमा मधेशमा...
सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी कर्जा प्रवाह
असार २०८१ सम्म सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५२ अर्ब ८४ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यो परिमाण कुल कर्जाको करिब ३ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ । ९ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब रुपैयाँभन्दा बढी...
अदालत हाजिर हुन भैरहवा पुगे रवि
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार बुटवल गएका हुन् । ८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत...
हर्क साम्पाङ प्रधानमन्त्रीसँगको भेटबाट वञ्चित
८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले केपी शर्मा ओलीसँग मंगलबार सिंहदरबारमा भेट्न पाएनन् । धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे पनि प्रधानमन्त्री ओलीसँग भने भेट्न नपाएका हुन् । तर उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई...
हेटौंडा सिमेन्ट उद्योग आर्थिक संकटमा उत्पादन ठप्प
हेटौंडा – आर्थिक संकटका कारण हेटौंडा सिमेन्ट उद्योगको उत्पादन गत असोज १५ देखि ठप्प भएको छ। उद्योग प्रशासनले उपकरण मर्मत तथा आर्थिक समस्याका कारण उत्पादन रोकिएको जनाएको छ। मंसिरको पहिलो साताबाट उत्पादन सुरू गर्ने योजना भए पनि उपकरण मर्मत नसकिएर र कच्चा पदार्थ अभावले समस्या थपिएको उद्योगका प्रवक्ता हरेराम...
युट्युब स्टार मिस्टरबिस्टले अमेरिका मा टिकटक प्रतिबन्ध लाग्नु अघि त्यसलाई खरिद गर्ने चासो देखाए
अमेरिकी प्रयोगकर्ताहरूको लागि टिकटक बन्द हुन एक हप्ताभन्दा कम समय बाँकी रहँदा, एक युट्युब सेलिब्रेटीले प्लेटफर्म खरिद गर्ने चासो देखाएका छन्। युट्युब क्रिएटर जेम्स “जिम्मी” डोनाल्डसन, जो मिस्टरबिस्टका रूपमा प्रख्यात छन्, ले सोमबार X (पहिले ट्विटर) मा पोस्ट गरेका थिए: “ठीक छ, म टिकटक किन्छु ताकि यो प्रतिबन्धित नहोस्।”...
बार्सिलोना फेरि रियल म्याड्रिडलाई पराजित गर्दै स्पेनी सुपर कप फाइनल ५-२ ले जित्यो
रियल म्याड्रिडले स्पेनी सुपर कपको फाइनलमा बार्सिलोना समक्ष ५-२ को हार भोगेको छ। यो खेल साउदी अरबको जेद्दाहमा आइतबार भएको हो। यस अघि, अक्टोबर महिनामा स्पेनी लिगमा बार्सिलोनासँग घरमै ४-० को हार भोगेका थिए। किलियन म्बाप्पेले रियल म्याड्रिडलाई पहिलो गोल गराएर अग्रता दिलाए, तर त्यसपछि बार्सिलोना लमिने यामाल,...










