समाचार
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ । तर पाकिस्तानी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छैनन् ।
एमाले केन्द्रिय कमिटी बैठक जारी
एमाले केन्द्रिय कमिटी बैठक जारी
मउवा संघको एशोसियट उपाध्यक्ष पदमा उज्वल चौलागाईंले उम्मेदवारी घोषणा
हेटौंडा, ३ जनवरी । मकवानपुर उद्योग वाणिज्य संघ (मउवा संघ) को आगामी नेतृत्व चयनका लागि एशोसियट उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष उज्वल चौलागाईंले उम्मेदवारी घोषणा गरेका छन्। आगामी २७ पुष २०८१ गते हुने मउवा संघको निर्वाचनमा चौलागाईंले आफ्नो प्यानलको समर्थन प्राप्त गर्ने बताएका छन्। चौलागाईं, जो हाल मकवानपुर उद्योग वाणिज्य...
मकवानपुर बहुमुखी क्याम्पस अगाडि ठुलो दुर्घटना
मकवानपुर बहुमुखी क्याम्पस अगाडि मोटरसाईकल दुर्घटना हेटौंडा । हेटौंडा उपमहानगरपालीका २ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडि मोटरसाईकल दुर्घटना भएको छ । आज दिउँसो करिब २:३० बजे एक सरकारी मोटरसाइकल र एक निजी स्कुटर ठोक्किएर गम्भीर दुर्घटना भएको हो। मानसचोकबाट मनकामना तर्फ जादैं गरेको बागमती प्रदेश ०३(००५प६५२६ नम्बर टिभियस कम्पनिको...
प्रचण्डलक्षित अर्जुननरसिंह केसीको टिप्पणीः ओठे भक्तिको प्रदर्शनले देश बन्दैन
नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ओठे भक्तिको प्रदर्शनले देश नबन्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश जटिल र चुनौतिपूर्ण परिस्थितिमा रहेको बताउनु भयो । उहाँँले आम जनतामा निराशा, अविश्वास...
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले...
विश्वविद्यालयभित्रका अराजनीतिक गतिविधि अन्त्य हुनुपर्छः शिक्षामन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयभित्रको दलीय प्रभावलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफलमा बोल्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले विश्वविद्यालयभित्रको दलीय प्रभाव र...
भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको हो । नेपाली काँग्रेसका सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिको प्रतिवेदनसहित विधेयक सर्वसम्मतबाट पारित भएको समिति सभापति...
शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न सरकालाई अध्यक्ष दाहालको ध्यानाकर्षण
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा भ्रष्टाचारका खोल्न बाँकी फाइलहरुबारे छलफल गर्न प्रश्ताव गर्नुभएको छ । बिहीवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले भ्रष्टाचारको विषय एक अर्कालाई खुइल्याउने हतियारको रुपमा प्रयोग हुन थालेको भन्दै यस्तो प्रश्ताव गर्नुभएको हो । उहाँले समितिको बैठकमा प्रधानमन्त्री...
शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यमा सहयोग गर्न तयार छौंः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले...










