विश्व
बार्सिलोना फेरि रियल म्याड्रिडलाई पराजित गर्दै स्पेनी सुपर कप फाइनल ५-२ ले जित्यो
रियल म्याड्रिडले स्पेनी सुपर कपको फाइनलमा बार्सिलोना समक्ष ५-२ को हार भोगेको छ। यो खेल साउदी अरबको जेद्दाहमा आइतबार भएको हो। यस अघि, अक्टोबर महिनामा स्पेनी लिगमा बार्सिलोनासँग घरमै ४-० को हार भोगेका थिए। किलियन म्बाप्पेले रियल म्याड्रिडलाई पहिलो गोल गराएर अग्रता दिलाए, तर त्यसपछि बार्सिलोना लमिने यामाल,...
लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु
अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिबार साँझसम्म डढेलोबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा...
टेस्ला अब नेपालमा आधिकारिक रूपमा प्रवेश, गाडीहरूको मूल्य ४० प्रतिशतसम्म घट्ने अनुमान
काठमाडौं । टेस्लाका विद्युतीय गाडीहरू अब नेपालमा आधिकारिक रूपमा उपलब्ध हुने भएका छन्। टेस्ला नेपाल नामक कम्पनीले आधिकारिक विक्रेताको मान्यता पाएको छ, जसले पहिलो पटक टेस्लालाई नेपालमा औपचारिक रूपमा प्रवेश गराउने छ। सामान्यतया, टेस्ला आफ्नै लगानीमा मुख्य बजारहरूमा प्रवेश गर्ने भए पनि नेपाल जस्तो नयाँ बजारमा आधिकारिक विक्रेतामार्फत नै...
पाकिस्तानमा विस्फोटमा परी ४ जनाको मृत्यु, ३२ घाइते
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएका छन् । घटना प्रान्तको तुर्बत जिल्लामा भएको हो । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको दाबी गरेको छ । तर पाकिस्तानी अधिकारीहरूले आक्रमणको पुष्टि गरेका छैनन् ।
श्रीलंकाका लागि प्रश्तावित राजदुत नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित
श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाई सम्पन्न गर्न संसदीय सुनुवाई समितिको कार्यविधि २०८०...
अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध
अमेरिकी एयरलाइन्सले मंगलवार सफ्टवेयर आउटेज पछि सबै उडानहरू रद्ध गरेको छ । एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडानहरू रद्ध गरेको हो । अमेरिकी एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले एयरलाइन्सले आफ्नो उडान आज बिहान मात्रै शुरु गरेको छ ।
टर्कीको हतियार कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यु
टर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलवार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न र घाइतेहरूलाई चिकित्सा सहायता उपलब्ध गराउन काम गरिरहेको बताउनु भयो । सन्...
टर्किएले २०२५ को लागि न्युनतम ज्याला ३० प्रतिशतले बढायो
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मंगलवार २०२५ को लागि न्युनतम ज्यालामा ३० प्रतिशत वृद्धि गरी २२ हजार १०४ लिरा (लगभग ६३० अमेरिकी डलर) पु¥याएको घोषणा गर्नुभएको छ । न्युनतम पारिश्रमिक निर्धारण आयोगको अंकारामा भएको चौथो बैठकपछि यो घोषणा गरिएको हो । श्रम तथा सामाजिक सुरक्षामन्त्री वेदात इसिखानले यो वृद्धिले...
हंगेरीको औद्योगिक नीति, भविष्य इलेक्ट्रोमोबिलिटीमा छः ओर्बन
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले इलेक्ट्रोमोबिलिटीलाई आफ्नो देशको औद्योगिक नीतिको आधारशिला भएको बताउनुभएको छ । हंगेरीको दृष्टिकोणबाट ओर्बानले यो दिशा रणनीतिक र अपरिवर्तित रहने बताउनु भयो । प्रधानमन्त्रीले दक्षिणी हङ्गेरियन शहर सेजेडमा आकार लिइरहेको बिवाइडी प्लान्टको उल्लेख गर्दै ठूला ब्याट्री कारखानाहरू चाँडै सञ्चालनमा आउने उल्लेख गर्नुभयो । बिवाइडीको प्लान्ट युरोपमा...
प्रधानमन्त्रीसँग युएइका राजदुतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदुत अब्दुल्ला अल शम्सीले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटमा राजदुत शम्सीले आगामी फेब्रुअरी दोस्रो साता दुबइमा हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’ मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले...










