समाचार

प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्छः राजेन्द्र श्रेष्ठ

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरुको मन्त्रीपरिषद् हुनुपर्ने बताउनुभएको छ । बिहीवार नेपाली कम्युनिष्ट पार्टीले यसबारे एजेण्डाहरु उठाएकाले एकता गरेको बताउनुभएको हो । उहाँले जेन–जी आन्दोलनमा सामाजिक सञ्जाल प्रतिवन्ध, भ्रष्टाचार र सुशासनको कुरा उठेको भएपनि पछिल्लो समय राजनीतिक स्थिरता हुनुपर्ने माग उठिरहेको बताउनु भयो...

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको नारा तय: ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’

नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनको अन्तिम तयारीको चरणमा रहेको बताएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको ११ औं राष्ट्रिय महाधिवेशनको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यसबारे जानकारी दिनुभएको हो । उहाँले बैठकमा महाधिवेशनको तयारीका लागि बनेका १२ वटा समितिहरुले आफ्नो...

‘वनको रुख काट्नु भन्दा मान्छे काट्नु सजिलो’ः मन्त्री घिसिङ

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले वन जंगलबारे बनाइएका कडा कानूनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताउनुभएको हो । उहाँकाअनुसार वन क्षेत्रलाई ‘इकोलोजी संरक्षण’ को नाममा...

देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनु भयो । उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले...