नेशनल गोल्ड विशेष
फ्लड लाइटमा क्रिकेट सुरु, डिफेन्डिङ च्याम्पियन जनकपुरको हार
खराब ब्याटिङ गरेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर रोयल्सले हारबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण शुरुवात गरेको छ । दोस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर सोमबार काठमान्डु गोर्खाजसँग पाँच विकेटले पराजित भएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा पहिलोपल्ट फ्लड लाइटमा क्रिकेट सुरु भए पनि जनकपुरले त्यसलाई यादगार...
विधिको शासन, शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यकः महासंघ
नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालन, र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्नेमा जोड दिएको छ । भदौ २३ र २४ गतेका घटना सम्बन्धि जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासंघका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासंघले जेन–जी आन्दोलनका क्रममा भएको...
मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
मधेसका मुख्यमन्त्री सरोजकुमार यादवको बचाउमा समर्थकहरु पनि धर्नामा उत्रिएका छन् । मुख्यमन्त्री यादवलाई विपक्षी दलहरुले काम गर्न नदिएको भन्दै काम गर्न दिनुपर्ने मागसहित समर्थकहरु धर्नामा बसेको हुन् । जनकपुरधामस्थित जनक चोकमा मुख्यमन्त्री यादवका समर्थक एवं एमालेका नेता–कार्यकर्ताहरु धर्नामा बसेका छन् । संविधानलाई रक्षा गरौं र मुख्यमन्त्री यादवलाई काम गर्न...
३ अर्ब ५३ करोड लगानी गर्दै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ३ अर्ब ५३ करोड लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकमलाइ राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ३ अर्ब ५३ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी...
इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दैगर्दा दम्पती पक्राउ
इटहरी उप–महानगरपालिका–१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना चौधरी पक्राउ परेका हुन् । फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा...
त्रिवी क्रिकेट स्टेडियम उज्यालो हुँदा खुशी छुः कुलमान घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा शुरु हुँदैछ । शहरी विकास मन्त्रालयले त्रिवी क्रिकेट स्टेडियमको पहिलो चरणको...
कर दिवस–२०८२ः उत्कृष्ट १६ करदाता सम्मानित
कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजश्व विभागले विभिन्न १६ क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को आयकर, मूल्य अभिवृद्धि कर (भीएटी) तथा कर विवरण बुझाउने क्रममा उत्कृष्ट योगदान गरेका करदाताहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको हो । उत्पादन, बैंक तथा वित्त, स्वास्थ्य, पर्यटन, व्यापार, ऊर्जा,...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सोमवार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले...
जेन–जी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत...
सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आज पनि आन्दोलन
मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आईतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् । मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक...









