समाचार

१ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात

नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार विद्युत व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १,८०५ गिगावाट–आवर...

वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा

वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमवार पनि धर्नामा बसेका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूले बताएका छन् । सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत...

नेत्रहीन महिला टी ट्वान्टी विश्वकप उपविजेता टोली स्वदेश फिर्ता (तस्बिरसहित)

श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले त्रिभूवन अन्त्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलंकाको राजधानी कोलम्बोमा आईतवार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो ।...

नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः कुलमान घिसिङ

शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भबनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ । सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँकाअनुसार आसन्न चुनावपछि...

हेटौँडा मुख्य राजमार्ग विस्तार विवादः पाँच दशकपछि फेरी सतहमा आयो विवाद

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रको मुख्य राजमार्ग विस्तारको मुद्दा पाँच दशकपछि पुनः विवादित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र उच्च अधिकारीहरूसँगको छलफलपछि सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको केन्द्र–रेखादेखि २५–२५ गज भित्र रहेका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको छ ।...

राष्ट्रपति पौडेलको आह्वान : निर्वाचन सफल बनाउन सबै पक्ष एकजुट होऔँ ( भिडियो )

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा भएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ। शुक्रवार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ति समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देश अहिले विषम र जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान, लोकतन्त्र र...

माईतीघरमा जेन–जी समूहको धर्ना

माईतीघर मण्डलामा जेन–जी समूहले धर्ना दिएको छ । शुक्रवार जेन–घाईते समूहले काठमाडौंको माईतीघर भण्डला पुगेर धर्ना दिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेन–प्रदर्शनका क्रममा उनीहरु घाइते भएका थिए । आज नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ । दुवै समूह आपसमा भेट हुँदा...