समाचार
इटहरीमा घरमा राखिएको लागुऔषध फाल्दैगर्दा दम्पती पक्राउ
इटहरी उप–महानगरपालिका–१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । नसिव नारायण चौधरी र उनकी श्रीमति सम्झना चौधरी पक्राउ परेका हुन् । फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा...
त्रिवी क्रिकेट स्टेडियम उज्यालो हुँदा खुशी छुः कुलमान घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो बनाउन पाउँदा धेरै खुशी लागेको र पहिलो चरणको निर्माण सम्पन्न भएको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेल सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियममा फ्लड लाइटमा शुरु हुँदैछ । शहरी विकास मन्त्रालयले त्रिवी क्रिकेट स्टेडियमको पहिलो चरणको...
कर दिवस–२०८२ः उत्कृष्ट १६ करदाता सम्मानित
कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजश्व विभागले विभिन्न १६ क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को आयकर, मूल्य अभिवृद्धि कर (भीएटी) तथा कर विवरण बुझाउने क्रममा उत्कृष्ट योगदान गरेका करदाताहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको हो । उत्पादन, बैंक तथा वित्त, स्वास्थ्य, पर्यटन, व्यापार, ऊर्जा,...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सोमवार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले...
जेन–जी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत...
वर्तमान सरकारले निर्वाचन गराउने कुनै आधार देखिँदैनः एमाले नेता अधिकारी
नेकपा (एमाले) नेता एवं पूर्वगृहमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको टिप्पणी गर्नुभएको छ । सोमवार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । नेता अधिकारीले सरकारले निर्वाचन गराउने कुनै आधार नदिएको जिकिर समेत गर्नुभयो । प्रहरीबाट लुटिएका एसएलआरलगायतको हतियारसहित निर्वाचनमा...
सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आज पनि आन्दोलन
मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आईतवार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् । मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक...
नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा (तस्बिरसहित)
नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरु छलफलमा जुटेका छन् । आईतवार दिउँसो पेरिस डाँडास्थित पूर्व नेकपा (माओवादी केन्द्र) को कार्यालयमा नेताहरु छलफलमा जुटेका हुन् । बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ । बैठकले...
फ्लड लाइटको राम्रो ब्याकअप राखेका छौंः पारस
नेपाली खेलकुदको सबैभन्दा ठूलो फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनामा दुई दिन बाँकी छँदा सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार काठमाडौं एक कार्यक्रम आयोजना गर्दै २४ दिनसम्म सञ्चालन हुने एनपिएलको दोस्रो संस्करणको तयारी पूरा भएको जनाएको छ । आठ वटा शहरमा केन्द्रित...








