समाचार
२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा हुन लागेको चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक अनुमानसहितको बजेट तयार पारेको हो। बजेट तयारीको अन्तिम टुंगो भने लागिसकेको छैन। यसलाई अन्तिम टुंगो लगाएर अर्थ मन्त्रालयमा पठाउने निर्वाचन आयोगको तयारी छ।...
जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि विजय लामा भन्छन्, ‘अराजक गतिविधिमा संलग्न छैन’
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते भएको तोडफोड र आगजनीमा सहभागी भएको भन्दै विभिन्न सेलिब्रेटीहरूको फोटो, भिडियो भाइरल भइरहेको छ । त्यसै मध्येका एक हुन्- पाइलट तथा अभिनेता विजय लामा । सामाजिक सञ्जालमा आरोप लगाएको जस्तो आफूले केही पनि नगरेको दावी लामाले गरेका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै...
दोषी देखिएमा प्रचण्डलाई पनि जेल हालियोस्ः जेन—जी रेडफोर्स संयोजक तिमिल्सिना
नेकपा (माओवादी केन्द्र) निकट जेन—जी रेडफोर्स संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानविन गर्न सरकारसँग माग गर्नुभएको छ । जेन—जी रेडफोर्सका एजेण्डा सार्वजानिक गर्न आईतवार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले माओवादी केन्द्रमा पनि भ्रटाष्चार रहेको उल्लेख गर्नुहुँदै सरकारले छानविन गर्नुपर्ने बताउनु भयो ।...
पहिलो त्रैमासमाः ४ खर्ब ६८ अर्ब रुपैयाँको आयात, ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो । २०८१÷८२ को पहिलो त्रैमासमा ३ खर्ब...
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै थालियो मर्मत
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ। बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो। बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन...
प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता सुरु, आयोजक टिम बीको विजयी सुरुवात
मकवानपुर । बकैया गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम बकैया खुल्ला फुटबल प्रतियोगिता’ मंगलबारदेखि सुरु भएको छ । बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । बागमती खेलकुद विकास समितिको आयोजनामा वडा नम्बर ३ स्थित बकैया खेलमैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बी टिमले वडा...
नेप्से परिसूचक १९ अङ्कले घट्यो, तीन अर्ब ३६ करोडमा खुम्चियो कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ४३ अङ्कले घटेर दुई हजार ५२८ दशमलव १६ को बिन्दुमा कायम भएको छ । आज ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७२ कित्ता शेयर ३८ हजार ८२७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ३६ करोड ६१ लाख ९८ हजार...
रौतहटमा ४ लाख बढी मतदाता नामावली दर्ता
रौतहट । रौतहटमा ४ लाख भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन। जिल्ला निर्वाचन कार्यालय गौरमा अहिले दुई वटा स्टल राखेर मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामाबली दर्ताको कार्य भइरहेको छ। रौतहटको चार निर्वाचन क्षेत्रमा ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको...
दूध आपूर्तिसँगै पुनः सञ्चालनमा चितवन मिल्क उद्योग
चितवन: लामो समयदेखि बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरूले दूध आपूर्ति गर्न थालेपछि पुनः सञ्चालनमा आएको छ। दूधको अभावका कारण जेठ अन्तिम साताबाट बन्द भएको उद्योग असोजको पहिलो साताबाट क्रमशः सञ्चालनमा आएको हो। उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योग गत असारमा दुई दिनमात्र सञ्चालनमा आएपछि पुनः बन्द भएको...
देउवाले दिए पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी
काठमाडौं:नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । आजको केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता गरेका देउवाले स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई दिएका हुन् । ‘स्वास्थ्यका कारण पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएको छु, अब केन्द्रीय कार्यसमितिले तोकिएकै समयभित्रै महाधिवेशनको मिति तोक्ने छ’...










