समाचार
बन्दीपुरलाई आकर्षक गन्तव्य बनाऔँः अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने काम बन्दीपुरवासीको भएको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले बन्दीपुरलाई अरु कसैले नबनाइदिने बताउनुभएको हो । राज्य र अन्य विकासप्रेमीको साथ लिएर बन्दीपुरको भविष्यलाई उज्याले बनाउन उहाँले बन्दीपुरवासीलाई आग्रह गर्नुभयो । बन्दीपुरको यात्रा आरोह अवरोहपूर्ण रहेको उल्लेख गर्नुहुँदै...
विधायन समितिले निजामति विधेयकमाथिको दफावार छलफल सक्यो
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संघीय निजामति सेवा विधेयकमाथिको दफावार छलफल सकेको छ । समितिको आईतवार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभाबाट पास भएको प्रतिवेदनसहित विधेयकमाथिको दफावार छलफल सकेको हो । दफावार छलफल सकिएपनि विधेयकमा रहेका कतिपय विवादित विषय टुंगो लागिसकेको छैन । नायव सुब्बाको खुला गर्ने र प्रतिशत तोक्ने,...
छिमेकी राष्ट्रहरुले सीमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता उल्लंघन गरे, सरकार दृढताका साथ उभिनुपर्छः सभामुख घर्तिमगर
लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगरले नेपालको भू–सीमा र राष्ट्रिय सार्वभौमिकताको सवालमा सरकारले दृढ र स्पष्ट कदम चाल्नुपर्ने बताउनुभएको छ । आईतवार नवलपरासीको सुस्ता अवलोकनका लागि जानुभएका उहाँले यस्तो बताउनु भएको हो । उहाँले छिमेकी राष्ट्रहरुले नेपालसँगको सीमा विवादको विषयमा अन्तर्राष्ट्रिय मान्यताविपरित व्यवहार गरिरहेको आरोप समेत लगाउनु भयो । उहाँले...
भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन नभए सडक आन्दोलनमा जान बाध्य हुन्छौंः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरुको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभएको छ । आईतवार झापामा सञ्चारकर्मीमाझ उहाँले आफूले सो माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित...
लगानी भएका जलविद्युत आयोजना निर्माण गर्न मन्त्रालयले सहयोग गर्छः वनसचिव मिश्र
वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जभित्र निमार्णको लागि लगानी भइसकेका जलविद्युत आयोजनालाई मन्त्रालयले सहजीकरण गर्ने बताउनुभएको छ । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका...
ओली—शि चिनपिङ वार्ताः नेपाल—चीन आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गर्नुभएको छ । रोल… चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले नेपालको विकासमा चिनियाँ सहयोग...
भारत नियन्त्रित जम्मू कश्मीरमा पहिरोमा परी मृत्यु हुनेको संख्या ३० नाघ्यो
भारत नियन्त्रित जम्मू कश्मीरमा मंगलवार माता वैष्णोदेवी मन्दिर नजिकै भएको पहिरोमा मृत्यु हुनेको संख्या ३० नाघेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । २० भन्दा बढी घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ । अविरल वर्षाको बीचमा मन्दिर नजिकैको अर्धकुवारी क्षेत्रमा पहिरो गएको थियो। उक्त त्रासदीपछि मन्दिरको तीर्थयात्रा रोकिएको थियो ।
भारत–चीन सहमतिबारे सञ्चारमन्त्री गुरुङः मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । भारत र चीनबीच भएको व्यापार सहमतिबारे भारतीय प्रधानमन्त्री...
भारत–चीन सहमतिबारे सञ्चारमन्त्री गुरुङः मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । भारत र चीनबीच भएको व्यापार सहमतिबारे भारतीय प्रधानमन्त्री...
ऋषिपञ्चमी पर्व मनाइँदै
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन मनाइने ऋषि पञ्चर्मी पर्व यस वर्ष पनि सप्त ऋषिहरुको पूजा आराधना गरेर मनाइँदैछ । आज ऋषि पञ्चमकीको अवसरमा काठमाडौंको ऋषेश्वर, मैतीदेवी, घट्टेकुलो, मुलपानी लगायत देशभरका विभिन्न स्थानमा रहेका देवीदेवताको मन्दिरमा गइ सप्तऋषिहरुको पूजा गरेर ऋषि पञ्चमी पर्व मनाइन्छ ।










