समाचार
इजिप्टका सिसि र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच भेट
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसि र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच कायरोमा भेट भएको छ । बेरुतले यस महिनाको शुरुमा सबै हतियारहरू राज्य नियन्त्रणमा राख्ने निर्णय गरेपछि सरकार र हिज्बुल्लाहबीच बढ्दो तनावको बीचमा सलामको भ्रमण भएको हो । जुन कदमलाई हिज्बुल्लाहले इजरायली र अमेरिकी हितको सेवा गर्ने भनेर अस्वीकार गरेको थियो...
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या
गाजा पट्टीमा इजरायली सेनाको आक्रमणमा कम्तिमा ५० प्यालेस्टिनीहरू मारिएको गाजाको नागरिक रक्षा विभागले जनाएको छ । गाजामा नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालले बताएअनुसार दक्षिणी गाजाको खान युनिसका धेरै क्षेत्रहरूमा विस्थापित व्यक्तिहरूलाई बसोबास गर्ने पालहरूलाई लक्षित गरी इजरायली गोलाबारी गर्दा १२ प्यालेस्टिनीहरू मारिएका छन् ।
अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर छः अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन सरकार गम्भिर भएर लाग्ने बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यसका लागि सरकारले अध्ययन गराउने बताउनुभएको हो । उहाँकाअनुसार मुलुकलाई एफएटिएफले ग्रे लिस्टमा राखेकाले पनि अनौपचारिक अर्थतन्त्रलाई जतिसक्दो छिटो औपचारिक बनाउन सरकारलाई दबाब रहेको...
विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पार्नुभएको छ । बिहीवार काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र...
निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न सकिँदैनः उपाध्यक्ष राई
नेकपा (एकीकृत समाजवादी) की उपाध्यक्ष जयन्तीदेवी राईले निर्वाचन प्रणाली सुधार गर्न नसकेसम्म भ्रष्टाचार अन्त्य गर्न नसकिने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली सबैभन्दा शुद्ध हुनुपर्ने बताउनु भयो । निर्वाचन प्रणाली शुद्ध गर्न सकिएन भने पछि परेको महिला,...
प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ । आईतवार सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको हो । दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले...
वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा लैजान्छौँः सचिव भट्टराई
नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउने बताउनुभएको छ । काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले संशोधन प्रश्ताव लैजाने बारेमा...
समानुपातिक समावेशी निर्वाचन प्रणाली बनाउन राजनीतिक दलहरु सजग हुनुपर्छः प्रमुख सचेतक परियार
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त कार्यान्वयनमा राजनीतिक नेतृत्वले सजग हुन आवश्यक रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वर्तमान निर्वाचन प्रणालीले जनसंख्याको वास्तविक घनत्वअनुसार सहभागिता सुनिश्चित नगरेको उल्लेख गर्दै सुधारको आवश्यकता...
११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा व्यहोरेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ ।
क्वालालम्पुरमा नानयाङ स्वयंसेवक स्मृति पार्क उद्घाटन, बर्मा रोडको बलिदान सम्झना
क्वालालम्पुरमा जापानी आक्रमणविरुद्धको चिनियाँ जनयुद्धमा दक्षिणपूर्वी एसियाबाट फर्केका नानयाङ स्वयंसेवक चालक र मेकानिकहरूको सम्मानमा निर्मित स्मृति पार्क शनिबार सर्वसाधारणका लागि खुला गरिएको छ। नानयाङ स्वयंसेवक चालक र मेकानिक स्मृति पार्कमा ३,००० भन्दा बढी स्वयंसेवकका नाम माटोको गोलाकार पर्खालमा कुँदिएका छन्। पार्कको घुमाउरो बाटो बर्मा रोडको यो सडक खण्ड “२४-जिग”...










