समाचार

सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ

नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाउनुभएको छ । आईतवार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपमहासचिव महासेठले जेन–जी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दीहरु फिर्ता नभएबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने उहाँको दावी थियो...

वन विज्ञान अध्ययन संस्थान हेटौंडामा हल्ट प्राईजका लागि २१ टिमको आवेदन परेको छ।

हल्ट प्राइज पुरस्कारकाको लागी २१ टिमको आवेदन वन विज्ञान अध्यन संस्थान हेटौडा(फरेस्टि) क्याम्पसमा खुल्ला गरिएको हल्ट प्राइज पुरस्कारकाको लागी २१ टिमको आवेदन परेको छ। ग्लोवन रजिष्ट्रेशन मार्फत टिम दर्ता गरिएकोमा टिम वनिका,वज गार्ड,वन्सिप,इको बाइट,मातृ वन,ग्रिन ग्रोथ नेपाल,जेरो वेस्ट वर्क, सस्टेनेवल पेपर प्रोडक्सन, सि क्वेस्टिन, एफ ओ एफ को आवेदन...

मनहरीबाट ५३ किलो गाँजासहित ७ जना पक्राउ

जिल्ला मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गएराति चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७७०१ नम्बरको यात्रुबाहक बसलाई शंका लागी रोकी खानतलासी गर्दा लुकाई–छिपाई ल्याइएको अवस्थामा ५३ किलो ५७० ग्राम...

सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने

सरकारले देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम हप्तादेखि एचपीभी खोप कार्यक्रम सञ्चालन गर्ने तयारी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिवार कल्याण महाशाखा र यूनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।...

काँग्रेसको समययुद्धः पुसको आगो कि वैशाखको घाम ?

नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी हो । यतिबेला आफ्नै आन्तरिक समययुद्धमा फसेको छ । पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने क्रममा पुसको चिसोमा आगो ताप्ने हतारो कि वैशाखको तातो घाममा पसिना बगाउने धैर्यता ? यो प्रश्नले पार्टीभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा तरंग ल्याएको छ ।...

धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरुको जोड रहने बताउनुभएको छ । शनिवार काँग्रेस नेता डा. शेखर कोईराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फरक मत राखेका नेताहरुलाई पनि समेटेर मूलधारमा ल्याउने बताउनु भयो । उहाँले पार्टीलाई कुनैपनि हालतमा चोइटिन नदिने...

कस्तो हुनुपर्छ बागमती प्रदेशको प्रशासनिक संरचना ?

बागमती प्रदेश सरकारले हाल १४ वटा मन्त्रालय र ४ वटा केन्द्रिय निकायको व्यवस्था गरी कार्य सञ्चालन गरी आएको छ। जसले गर्दा प्रशासनिक खर्च बढ्न गएको र सबै मन्त्रालयको आवश्यक मात्रामा कार्यालय नहुँदा प्रदेश सरकारको कार्य कुशलतमा कमी आई संघीयतामा प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन सुशासनमैत्री, जनतामैत्री हुन नसकेको...

एआई प्रविधिमा आधारित दागाची एप सार्वजनिक

एआई प्रविधिमा आधारित बहुभाषिक सूचना प्लेटफर्म दागाची एप, मकवानपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। मनसाचोकस्थित डाँफे प्यालेस होटलमा आज पत्रकार सम्मेलन मार्फत एपका नेपाल प्रतिनिधि माधव सापकोटाले दागाची एपको उद्देश्य, कार्यप्रणाली र भविष्यका योजनाबारे विस्तृत जानकारी गराएको हो । प्रतिनिधि सापकोटाका अनुसार यो एपको मुख्य लक्ष्य कोरियामा कार्यरत...

नेकपा मकवानपुरमा खतिवडा र विडारी सहित को–को भए सिफारिस ?

नेपाली कम्युनिस्ट पार्टीबाट मकवानपुरको क्षेत्र नं। १ मा वहालवाला जनप्रतिनिधि ३ सहित १३ जना र २ मा वहालवाला जनप्रतिनिधि २ सहित ८ जनाको नाम आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा सिफारिस भएको छ । मकवानपुर क्षेत्र नं। १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर...

मकवानपुरमा रुपचन्द्र बिष्ट मार्गमा ३ करोडको काम सुरु, राजमार्गस्तरमा काम गर्न डिपिआर निर्माण हुँदै

मकवानपुरमा थाहा आन्दोलनका प्रणेता तथा जनअधिकारका प्रवर्तक रुपचन्द्र बिष्टको नाममा नामाकरण गरिएको रुपचन्द्र बिष्ट मार्ग निर्माणको काम सुरु भएको छ। चालु आर्थिक वर्षमा विनियोजित ३ करोड रुपैयाँको बजेटबाट राक्सिराङ गाउँपालिका–३ खण्डमा सडक निर्माण कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको मकवानपुर क्षेत्र नम्बर २ का निवर्तमान सांसद महेश कुमार बतौलाले बताए...