राजनीति

अनिल झाको टिप्पणीः मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध

काठमाडौं ।नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले दोहोरो चरित्र देखाउने मधेसवादी राजनीतिक दलहरुका कारण नै मधेसले सोचेको जति अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । उनले मधेसवादी राजनीतिक दलहरुका मुद्दा खरो रुपमा बोक्ने राजनीतिक दलहरु कम रहेको बताएका हुन् । मधेसमा जय मधेस भन्ने र काठमाडौंमा संघीय अभिवादन भन्ने...

संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । उहाँले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने...

जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छः सभापति थापा

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले जलवायु परिवर्तनका असरले मुलुकको अर्थतन्त्र र वातावरणमा नकारात्मक प्रभाव पारिरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा जलवायु परिवर्तनका कारणले मानव सभ्यता र समस्त पृथ्वीका प्राकृतिक श्रोतमाथि दुष्प्रभाव...

जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि राष्ट्रिय एजेण्डाका रुपमा कानून बनाउन आवश्यक रहेको बताउनुभएको छ । हिन्दकुश हिमालय क्षेत्रका देशका सांसदहरुको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन कुनै भूगोल र सीमाना नचिन्ने सीमाविहीन र मानव सभ्यताको सङ्कट भएकाले यस समस्याको...

आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताउनु...

मुख्यमन्त्री कार्कीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सान्दर्भिक रहेको उल्लेख गरेका छन् । उनका अनुसार धर्म,...

बागमती प्रदेशमा पाँच नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ

हेटौँडा:बागमती प्रदेश सरकारका पाँच नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार आयोजित समारोहमा मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आजै उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका थिए। मन्त्रालय भागबण्डाअनुसार...

रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अघिल्लो पुस्ताको लागि नभइ अब बन्ने नीतिहरु आधुनिक पुस्ताको लागि हुनुपर्ने बताउनु भयो । उहाँले...

पारिवारिक खेतीलाई नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्छः मन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभइ सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली,...

अब राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आयोः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताउनुभएको छ । अनलाइनखबरको ‘चालिस मुनिका चालिस’ युवा सम्मान कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब व्यक्ति व्यक्तिका आत्मविश्वास मिलाएर राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताउनु भयो । उहाँले राष्ट्रिय आत्मविश्वासले मात्रै देश निर्माण...