राजनीति

राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरु सुसंगठित भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रतिलिपि नागरिकता लिन मंगलवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्नुभएकी उहाँले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरु टुट्नुफुट्नु राम्रो नभएको बताउनु भयो । पार्टीभित्रका मतभेदहरु भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।...

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु

नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक शुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) लगायत दलसँगको एकता अनुमोदनका लागि बैठक बोलाइएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा शुरु भएको बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गर्नुहुनेछ ।

सरकारले राष्ट्रिय गौरवका आयोजना अघि बढाउन नसक्नुको कारणबारे स्पष्ट पार्नुपर्छः राष्ट्रिय सभाका सांसदहरु

राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढ्न नसक्नुका कारणहरु स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनीहरुले सम्पन्न हुनै लागेका सो आयोजनाहरु पूरा गर्ने दिशामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई सचेत गराएका छन् ।...

माओवादीसँग पार्टी एकता गर्ने पक्षमा निर्णय आउँछ, ओलीले एकता भाँड्न घर फर्किनुस् भनेः जगन्नाथ खतिवडा

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (माओवादी केन्द्र) सँग चाँडै पार्टी एकता हुने दाबी गर्नुभएको छ । शुक्रवार केन्द्रिय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र समाजवादी पार्टी नेपाल एकीकरण गर्नका लागि पूर्ण विश्वासका साथ...

दुई अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न भारतसँग सम्झौता

नेपाल र भारतबीच इनरूवा–पूर्णिया र लम्की (दोदोधारा)–बरेली ४०० केभी अन्तरदेशीय प्रशारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधवार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।...

प्रधानमन्त्रीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठाएको छः माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्नेकुरामा प्रश्न उठाएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न...

जेन—जी आन्दोलनपछि क्षतिग्रस्त तीन ठूला कम्युनिष्ट पार्टीका कार्यालय कसरी पुनः सञ्चालनमा आए ?

भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनमा राजनीतिक दलका पार्टी कार्यलयहरु आन्दोलनकारीको मुख्य निशानामा परे । आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यलयमा तोडफोड तथा आगजना गरे । आगजानीमा पार्टीका कार्यालयमा भएका कागजात नष्ट भए भने डिजिटल उपकरण लुटिए । आगजानीले...