समाचार
निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण नेपालमा फरक रहेको भन्दै...
कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल
गभर्नर डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचिका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूचि समेत भएकाले यसमा रिभ्यु गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको हो । उहाँकाअनुसार तरलता अहिले व्यप्त छ । यसलाई घटाउन...
आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएर तथ्यपरक समाचार संप्रेषण गर्नुपर्ने बताउनु...
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर
नेपालमा लैङ्गिक आधारित हिंसा (जिबीभी) बहुआयामिक समस्या बनेको एक प्रतिवेदनले देखाएको छ । व्यक्तिगत दुव्र्यवहारदेखि संरचनात्मक असमानता, सांस्कृतिक पूर्वाग्रह र डिजिटल उत्पीडनसम्म फैलिएको जिबिभी हालै मात्र भएको एक विस्तृत अनुसन्धान प्रतिवेदनकाअनुसार यो समस्या कानूनी रूपरेखामा भएका खाडलहरू, कमजोर कार्यान्वयन र सामाजिक मान्यताहरूबाट थप बलियो भएको देखाएको हो । संविधानले...
एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उहाँको भनाइ छ । एआईले पत्रकारिता कहाँ पु¥याउने हो...
लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले लगानीका लागि स्थायित्व नभएको बताउनुभएको छ । आईतवार नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले राजनीतिक वातावरणमा फेरबदल आउने बित्तिकै आयोजनाहरुको मोडालिटीहरुमा समेत धारणा बदल्ने परिपाटी देखिएको भन्दै उहाँले मुलुकमा स्थायित्व नभएसम्म लगानीको वातावरण बन्न नसक्ने बताउनुभएको हो । सिइओ ज्ञवालीकाअनुसार लगानीको दृष्टिकोणमा...
भारतको तमिलनाडुमा चक्रवात डिट्वाबाट ३ जनाको मृत्यु
दक्षिणी भारतीय राज्य तमिलनाडुमा चक्रवात डिट्वाहले गर्दा भएको वर्षासँग सम्बन्धित घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । लगभग १५० गाईवस्तु मरेका छन् । वर्षाले २०० भन्दा बढी घर र झुपडीहरूमा क्षति पु¥याएको छ । राज्यको ५६ हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पारेको छ । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षाको...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
मंगलवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महसंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । सोमवार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कनिबेच भएको सुन मंगलवार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । महासंघकाअनुसार चाँदीको मूल्य तोलामा...
‘डिजिटल पर्यटन प्रवर्द्धनका लागि काठमाडौंमा एआई तालिम’
नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोशन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शिर्षकको चारदिने तालिम शुुरु भएको छ । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित...
वचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितको प्रदर्शन जारी
सहकारी पीडितहरुले आफ्नो वचत रकम फिर्ताको माग गर्दै मंगलवार पनि प्रदर्शलाई जारी राखेका छन् । सहकारी पीडितहरुसँग विगतमा भएका सम्झौताहरु कार्यान्वयन गर्दै वचत रकम फिर्ता गर्न माग गर्दै पीडितहरुले मंगलवार पनि समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयको अगाडि बुद्धनगरमा प्रदर्शन गरिरहेका छन् । सहकारीमा जम्मा गरेको वचत फिर्ता पाउनुपर्ने, सहकारी वचत...










