समाचार
“जनआन्दोलनको बलमा बनेको सरकारमै अनियमितताको छायाँ” – मदनकृष्ण शर्मा
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले सुशासनको नारा दिएर बनेको वर्तमान अन्तरिम सरकारले पनि भ्रष्टाचार निवारणको प्रमुख निकाय राष्ट्रिय शतर्कता केन्द्रलाई पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । शर्माले संवैधानिक आयोगहरू चरम राजनीतिकरणको शिकार भएको र पुराना शक्तिले नियुक्त गरेका विश्वासपात्रहरू अझै पदमा रहेका कारण सुशासनको प्रयास असफल...
प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभा बैठक बोलाउनुको औचित्य के ?
भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले प्रतिनिधि सभा विघटन गरेपछि हाल संघीय संसदको राष्ट्रिय सभा मात्रै जीवित रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो भने राष्ट्रिय सभाको संसद बैठक अन्त्य गर्नुभएको...
खराब ब्याटिङ र फिल्डिङका कारण हा¥यौंः गुलसन
काठमान्डु गोर्खाजसँगको हारपछि कर्णाली याक्सका युवा अलराउन्डर ब्याटिङमा राम्रो गर्नु नसक्नु र खराब फिल्डिङका कारण खेल गुमाउनुपरेको बताएका छन् । गुलसनले राम्रो क्रिकेट खेले पनि हरेक ओभरमा अवसरहरू सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताएका हुन् । उनले खराब ब्याटिङ हुँदा करिब २० रन जति कम भएको पनि उल्लेख गरेका...
युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्छः उपेन्द्र यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले हरेक आन्दोलनको नेतृत्व गर्दै आएका युवाहरुले सत्ताको पनि नेतृत्व गर्न पाउनुपर्ने बताउनुभएको छ । समाजवादी युवा संघ मधेस प्रदेशद्वारा जनकपुरधाममा आयोजित युवा नेतृत्व र सशक्तिकरण सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हरेक परिवर्तनमा युवाहरुले नेतृत्वका साथै शहादत समेत दिँदै आएको बताउनुभएको हो ।...
सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो । आईतवार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको महासंघले...








